गोंगबुमा फेला पर्यो यस्तो डेन्जर ‘कोठी’,प्रहरीले एकै ठाउँबाट समात्यो ३४ यौन व्यवसायी



हाम्रो इकोनोमि

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।

प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अप्रेसनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागूऔषध बिक्री-वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला छन्।

प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुर्व्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजना अनुसार गरिएको अप्रेसनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताए।

पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...