पार्टी एकता नहोस बनेर बोको बाली दिएको पत्तो पाए पछी ओली र प्रचण्डले भोली दिने भए यस्तो सरप्राइज



पार्टी एकीकरणका लागि पूर्व घोषित मिति अर्थात बैशाख ९ गते लक्ष्यबाट टाढा देखिँदै गएपनि कुनै रुपमा आफ्नो विश्वसनीयता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्तिम कसरतमा लागेका छन्।

भावी नेतृत्वको विषयमा प्रधानमन्त्री ओली र दाहालबीच असमझदारी जारी रहेकोले नै एकीकरण हुन नसकेको सन्देश बाहिर प्रवाह भइरहेको बेला आइतबार एकीकरणका लागि उनीहरु प्रतिवद्ध रहेको र त्यो अवसर छ्ट्टिै जुर्ने सन्देश दिने तयारीमा जुटेका छन्।

उक्त सन्देश दिनका लागि विशेष कार्यक्रम गर्न शुक्रबार नै सिटी हल अर्थात राष्ट्रिय सभागृह ‘बुक’ गरेर सञ्चारमाध्यमलाई निम्तो समेत पठाइसकेका प्रधानमन्त्री ओली र दाहालले त्यहाँ कस्तो कस्तो सन्देश दिन उपयुक्त हुन्छ भन्ने गृहकार्य शनिबार बालुवाटारमा गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र दाहाल आफुहरुबीचको मतभेद टुंग्याएर भोलि नै पार्टी एकता घोषणा गर्नुपर्ने पक्षमा छन्, तर त्यो सम्भव नभएमा उनीहरु नयाँ सन्देश दिएर जनतालाई निरास नबनाउने रणनीतिमा पुगेका हुन्।

‘उहाँहरु भोलि नै पार्टी एकताको घोषणा गर्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ। र त्यसैगरी छलफल पनि गरिरहनु भएको छ । यदि त्यो सम्भव भएन भने पनि पार्टी एकता प्रक्रियाले अव धेरै समय लगाउँदैन, प्रयास जारी छ भन्ने जस्ता सन्देश दिने तयारीमा हुनुहुन्छ,’ स्रोतले भन्यो।

‘उहाँहरु भोलि सरप्राइज दिने मुडमा पनि देखिनुभएको छ, यसको सम्भावना पनि छ,’ स्रोतले भन्यो।

एमाले र माओवादबीच पार्टी एकीकरणका लागि सैद्धान्तिक विषयमा विमति नभएपनि दुवै पार्टीका अध्यक्षबीच भावी नेतृत्व सुनिश्चिततालाई लिएर मतभेद हुँदा पार्टी एकीकरणको प्रक्रिया लम्बिन पुगेको छ।

एकीकृत पार्टीको संरचनामा दुवै पार्टीको ५०/५० हिस्यदारी हुनु पर्ने र आफु पनि महाधिवेशनपछि कार्यकारी अध्यक्ष हुनु पर्ने जस्ता अडान माओवादी अध्यक्ष दाहालले राख्दा एकीकरण प्रक्रियाको समय लम्बिएको हो।

प्रधानमन्त्री ओली लगायत एमालेका नेताहरुले भने योग्यता, क्षमता र योगदानका आधारमा एकीकृत पार्टीको संरचना तयार पार्नु पर्ने र भावी नेतृत्वलाई लिएर महाधिवेशनलाई हस्तक्षप गर्ने गरी अहिले नै कुनै निर्णय लिन नमिल्ने अडानमा छन्।

गत चैत २३—२५ सम्मको भारत भ्रमणमा जानु पहिले प्रधानमन्त्री ओलीले एकीकरणको आधार तयार पार्ने गरी कार्यदलले निर्माण गरेको प्रतिवेदन टुंगो लगाउन निर्देशन दिएका थिए ।

प्रधानमनत्री भारत भ्रमणमा निस्कनु भन्दा अघिल्लो दिन बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा बैशाख ९ गते गर्नु पर्ने निर्णय गरेको थियो। र, त्यसलाई दुवै पार्टीका अध्यक्षले मौखिकरुपमा सहमति जनाएका थिए।

भारत भ्रमणपछि सरकारी कार्यक्रमलाई प्राथमकिता दिँदै पर्यटन वर्षको घोषणा गर्न रारा पुग्दा पार्टी एकीकरणको छलफल अवरुद्ध हुन पुगेको थियो।

सचिव सरुवा र गृहमन्त्रालयको मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत ल्याउने जस्ता सरकारका कार्यमा माओवादी अध्यक्ष दाहाल सहितका नेता एमालेप्रति सशंकित बनेका थिए।

त्यसबीचमा प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र दाहाल दुवैलाई अलगअलगरुपमा ‘तपाई नै हो एकीकृत पार्टीको भावी अध्यक्ष’ भनेको भन्दै दाहाल सहित माओवादी नेताहरु ओलीप्रति शंसकित बनेका थिए।

त्यसपछि दाहालले प्रधानमन्त्री ओलीसमक्ष एकीकृत पार्टीको महाधिवेशनपछि आफुले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नु पर्ने अडान राख्दै आएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्