‘अल्लाह’ रिसाउँछन् भन्दै साउदीले मानेन २४ घण्टे बिमा गर्न,अब श्रम सम्झौता नहुने



हाम्रो इकोनोमि

साउदीले कामदारको २४ घण्टा बिमा गर्न नमानेपछि श्रम सम्झौता रोकिएको छ। श्रम मन्त्रालय र नेपालस्थित साउदीका राजदूतबीचको छलफलमा बिमाका विषयमा कुरा नमिलेको हो।

नेपालले कामदारको बिमा २४ घण्टै हुनु पर्ने बताएपछि साउदीले त्यसलाई अस्वीकार गरेको छ । श्रम मन्त्रालयका अधिकारीका अनुसार साउदीले अल्लालाई च्यालेन्ज हुने भन्दै २४ घण्टे बिमा अस्वीकार गरेको छ।

छलफलमा साउदीका प्रतिनिधिले ‘संसारमा नमर्ने भनेको अल्ला (भगवान) मात्रै हो, अरु मर्नु स्वभाविक हो, २४ घण्टे बिमा गरेर अल्लालाई चुनौति दिनु हुँदैन’ भनेपछि श्रम सम्झौताको कुरा अगाडी नबढेको श्रम मन्त्रालयले जनाएको छ।

त्यसपछि बिमाको विषयलाई कसरी समेट्ने भन्ने अन्योल भएको मन्त्रालयका अधिकारीले बताएका छन्। साउदी अरवको कानुन ईस्लामीक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ।

मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदी अरवमा कडा दण्ड दिईन्छ। राजतन्त्रात्मक शासन व्यवस्था रहेको साउदीमा इस्लामधर्म मान्नेहरुको बहुल्यता छ।

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। युएई र ओमानसँग सम्झौताका लागि प्रक्रिया अगाडी बढेको छ।

२०७४ सालमा झण्डै आधाले साउदी जाने नेपालीको संख्या घटेको छ। अघिल्लो वर्ष ९५ हजार ९ सय ४ जना पुगेको साउदीमा २०७४ सालमा ५४ हजार ३० जना मात्रै गएका छन्।

गत वर्षभन्दा ४१ हजार ८ सय ७४ जना कमी हो। फर्किनेको तथ्याँक नराख्दा साउदीमा कति नेपाली कार्यरत छन् भन्‍ने तथ्याँक समेत सरकारसित छैन।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...