‘अल्लाह’ रिसाउँछन् भन्दै साउदीले मानेन २४ घण्टे बिमा गर्न,अब श्रम सम्झौता नहुने



हाम्रो इकोनोमि

साउदीले कामदारको २४ घण्टा बिमा गर्न नमानेपछि श्रम सम्झौता रोकिएको छ। श्रम मन्त्रालय र नेपालस्थित साउदीका राजदूतबीचको छलफलमा बिमाका विषयमा कुरा नमिलेको हो।

नेपालले कामदारको बिमा २४ घण्टै हुनु पर्ने बताएपछि साउदीले त्यसलाई अस्वीकार गरेको छ । श्रम मन्त्रालयका अधिकारीका अनुसार साउदीले अल्लालाई च्यालेन्ज हुने भन्दै २४ घण्टे बिमा अस्वीकार गरेको छ।

छलफलमा साउदीका प्रतिनिधिले ‘संसारमा नमर्ने भनेको अल्ला (भगवान) मात्रै हो, अरु मर्नु स्वभाविक हो, २४ घण्टे बिमा गरेर अल्लालाई चुनौति दिनु हुँदैन’ भनेपछि श्रम सम्झौताको कुरा अगाडी नबढेको श्रम मन्त्रालयले जनाएको छ।

त्यसपछि बिमाको विषयलाई कसरी समेट्ने भन्ने अन्योल भएको मन्त्रालयका अधिकारीले बताएका छन्। साउदी अरवको कानुन ईस्लामीक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ।

मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदी अरवमा कडा दण्ड दिईन्छ। राजतन्त्रात्मक शासन व्यवस्था रहेको साउदीमा इस्लामधर्म मान्नेहरुको बहुल्यता छ।

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। युएई र ओमानसँग सम्झौताका लागि प्रक्रिया अगाडी बढेको छ।

२०७४ सालमा झण्डै आधाले साउदी जाने नेपालीको संख्या घटेको छ। अघिल्लो वर्ष ९५ हजार ९ सय ४ जना पुगेको साउदीमा २०७४ सालमा ५४ हजार ३० जना मात्रै गएका छन्।

गत वर्षभन्दा ४१ हजार ८ सय ७४ जना कमी हो। फर्किनेको तथ्याँक नराख्दा साउदीमा कति नेपाली कार्यरत छन् भन्‍ने तथ्याँक समेत सरकारसित छैन।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...