चारखाल जेलमा थुप्रिए यस्ता भिआइपी,पूर्ब आइजी देखी दीपक मनाङ्गे सम्मको चल्यो जेलमै शासन



हाम्रो इकोनोमि

बिहीवार पक्राउ परेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई प्रहरीले शुक्रवार बिहान काठमाडौं जिल्ला अदालत उपस्थित गरायो। अदालत ल्याइएका चर्चित गुन्डा नाइके ३ वर्षसम्म जेल बस्नुपर्ने जानकारी अदालतमा दिएपछि उनलाई सोधियो : कुन जेल बस्ने?

प्रदेश ४ मा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारीबाट चुनाव जिते पनि सांसद हुन नपाएका मनाङ्गेले रोजे- सदरखोर डिल्लीबजार।

काठमाडौं जिल्ला अदालत तहशील शाखाको पत्राचार अनुसार अब तीन वर्ष मनाङ्गेले सदरखोर डिल्लीबजारमा दिन बिताउनेछन्।

मनाङ जिल्लाको प्रदेश नम्बर ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्य जितेका मनाङे जुन जेलमा जान चाहे त्यही अर्का गुन्डा नेता गणेश लामा पनि छन्। मनाङ्गेकै संरक्षणमा गुन्डाराजमा स्थापित लामा भने नेपाली कांग्रेसका नेता हुन्। उनी काभ्रेरबाट प्रदेशसभा उम्मेदवार थिए तर जित्न भने असफल। हातहतियार खरखजनामा लामालाई पूर्पक्षको लागि केही साता अगाडि डिल्लीबजार चलान गरिएको हो।
एउटै क्षेत्रबाट चिनिएका यीमात्र होइनन् चर्चित पूर्व प्रहरीहरु पनि जेलमा मनाङ्गेका ‘दोस्त’ हुनेछन्। पूर्व आइजीपी ओमविक्रम राणा, डीआइजी रञ्जन कोइराला अहिले डिल्लीबजारमै कैद भुक्तानी गरिरहेका छन्।

ओखलढुंगाका स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएका माओवादी नेता बालकृष्ण ढुङ्गेल पनि गत कार्तिक महिनादेखि त्यहीँ छन्। त्यसैले धेरै ‘भिआइपी कैदी’को लागि डिल्लीबजार कारागार खोजाइ बन्ने गरेको छ।

काठमाडौंको डिल्लीबजार कारागारमा अहिले ५ सय ८० भन्दाबढी कैदी छन्। अन्य कारागारको भन्दा बढी भिआइपी कैदी डिल्लीबजारमा नै छन्। अधिकांश भिआइपी कैदीको बसोबास राजधानीमा नै रहने र आफन्त परिवारसँग सहजै भेटघाट हुने भएकाले डिल्लीबजार रोज्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...