सुन तस्करी गर्ने यी चार भाई पुलिसनै कारबाहीमा पर्ने,सर्वेन्द्रले भने-सबै भन्दा पहिले चारै जनाको छाला तर्ने



सुनकाण्डको बिस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्व डिआईजी लगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।

समिति समक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएका प्रहरी अधिकारीहरुमा पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी संजय राउत छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत २१ पुष र ९ माघमा दुबैपटक भित्रिएको साढे ३३ किलो सुन तथा घटनामा जोडिएका ३ जनाको मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारी मुछिएका हुन्।

यी मध्ये डिआइजी निरौलाले २९ चैत्रमा नै अवकाश पाइसकेका छन् भने एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा, खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा कार्यरत छन्।

प्रहरी रेकर्डमा २०७२–२०७३ मा विमानस्थल प्रमुख रहेका डिआईजी गोविन्द निरौला निरन्तर सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको बताइएको छ। उनकै कार्यकालमा गतवर्ष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो।

सो समय विमानस्थलमा रहेका एसएसपी श्यामबहादुर खत्रीलाई कारवाही भएपनि उनले अदालतबाट सफाई पाई मुख्यालयमा कार्यरत थिए। त्यही समयमा विमानस्थलमा रहेका एसपी खनाल र डिएसपी राउत समेत अनुसन्धानमा तानिएका छन्।

समितिले अनुसन्धानका लागि बोलाएका अधिकारीहरुको सुन तस्करीका नाईके गोरे भनिने चुडामणि उप्रेति लगायतका तस्कर समूहसँग सम्पर्क देखिएको स्रोतले जानकारी दियो।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची तयारै गरेर पक्राउ गर्न थालेको हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्