देउवाको नलीखुट्टो नभाची कांग्रेस उभो लाग्दैन भन्दै शशांकदेखि गगन थापासम्म यसरी कुर्लिए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् ।

कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।महामन्त्री शशांक कोइरालाले गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का गरेर अघि बढाउन सभापतिलाई सुझाव दिए ।

पार्टीले लामो इतिहास बोकेको र विचारका दृष्टिले पनि शसक्त रहेको भन्दै उनले इतिहास, विचार र कार्यकर्ता एकसाथ लिई अघि बढ्न आग्रह गरे । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफू क्याटलिष्टको रुपमा काम गर्न तयार रहेको पनि बताए ।

नेता प्रकाशमान सिंहले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको र सभापतिले गर्ने मनोमानी निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको दाबी गरे ।

केन्द्रीय सदस्य गगन थापाले कांग्रेस भएर पनि चुनावमा कांग्रेसको उम्मेद्वबारलाई भोट हाल्न नपाउने अवस्था आउनु दुखद भएको बताए ।
उनले संविधान कार्यान्वयन गराउने सवालमा निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए ।
देउवा स्वयम् उपस्थित भएको भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...