देउवाको नलीखुट्टो नभाची कांग्रेस उभो लाग्दैन भन्दै शशांकदेखि गगन थापासम्म यसरी कुर्लिए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् ।

कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।महामन्त्री शशांक कोइरालाले गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का गरेर अघि बढाउन सभापतिलाई सुझाव दिए ।

पार्टीले लामो इतिहास बोकेको र विचारका दृष्टिले पनि शसक्त रहेको भन्दै उनले इतिहास, विचार र कार्यकर्ता एकसाथ लिई अघि बढ्न आग्रह गरे । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफू क्याटलिष्टको रुपमा काम गर्न तयार रहेको पनि बताए ।

नेता प्रकाशमान सिंहले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको र सभापतिले गर्ने मनोमानी निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको दाबी गरे ।

केन्द्रीय सदस्य गगन थापाले कांग्रेस भएर पनि चुनावमा कांग्रेसको उम्मेद्वबारलाई भोट हाल्न नपाउने अवस्था आउनु दुखद भएको बताए ।
उनले संविधान कार्यान्वयन गराउने सवालमा निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए ।
देउवा स्वयम् उपस्थित भएको भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...