अमेरिका जाने सपनाले यसरी बनायो बिल्लीबाठ,छोरी जेलमा करोडौको घर पनि स्वाहा



हाम्रो इकोनोमि

छोरीलाई अमेरिका पठाउने मोहले एउटा परिवार संकटमा परेको छ। डिभी परेको युवकसँग बिहे गरेर छोरीलाई अमेरिका पठाउन खोज्दा एक परिवारको ३१ लाख रुपैयाँ त गुमेको छ नै, साथै छोरी पनि हिरासतमा पुगेकी छिन्।

नक्कली विवाह दर्ता गरेर डिपेन्डेन्ट भिसामा अमेरिका जान खोज्दा काठमाडौं विशालनगर बस्ने सरु खड्काको परिवार संकटमा परेको हो। सरुलाई प्रहरीले पक्राउ गरेको छ भने डिपेन्डेन्ट भिसाका लागि घर बन्धकी राखेर बुझाएको ३१ लाख रुपैयाँ समेत डुबेको छ। प्रहरीले सरुसहित ४ जनालाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार बिशालनगर बस्ने सरुकी आमाले छोरीलाई अमेरिका पठाउने योजना सुनाएकी थिइन्। बिशालनगर नै बस्ने विवेक कार्की र विवेक नेपालले आफ्ना साथी रेशम केसीलाई डिभी परेको र अमेरिका लैजान सक्ने प्रलोभन दिएका थिए। त्यसका लागि पैसा लाग्ने बताए। छोरी अमेरिका जाने हो भने जति पनि तिर्न आफू तयार रहेको आमाले बताइन्। उनले घर बैंकका राखेर छोरीलाई अमेरिका पठाउन पैसा निकालेकी थिइन्।

सोही अनुसार प्रक्रिया अघि बढ्यो। रेशमको भिसा लागिसकेको थियो। सरुको पनि भिसा प्रक्रिया अघि बढ्यो। रेशम र सरुको उमेरमा अन्तर देखिएपछि दूतावासका कर्मचारीलाई शंका लाग्यो।

अन्तर्वार्ताका क्रममा सरुले आफूहरुले बिहे नगरेको र अमेरिका जान मात्र विवाह दर्ता गरेको खुलासा गरिन्। लगत्तै दूतावासले विवाह दर्तामाथि छानबिन गर्दा त्यो नक्कली भएको खुलेपछि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्‍यो।

प्रहरीले डिभी परेका युवक केसीसहित उदयपुरका विवेक कार्की, काभ्रेका विवेक नेपाल र सरु खड्कालाई पक्राउ गरेको हो।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार रेशम विवाहित केटा हुन्। उनको बच्चा समेत छ। तर, पैसाको लोभमा अर्की युवतीलाई श्रीमती बनाएर अमेरिका लैजान खोज्दा उनी पनि प्रहरी हिरासतमा पुगेका छन्। उनीहरुविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा कारबाही हुने एसपी उप्रेतीले बताए।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...