बरु मोदी नेपाल आउने साइत जुर्यो तर प्रधानमन्त्री ओलीको चीन भ्रमण अझै अनिश्चित,चीनले किन दिएन भाउ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री केपी ओलीको दिल्ली भ्रमणको पाँच साता भित्रै नेपाल भ्रमणमा आउने घोषणा भइसक्दा पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भने कुनै मिती निर्धारण भएको छैन ।

चीनको पाँच दिने भ्रमण सकेर स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे आफ्ना समकक्षी स्टेट काउन्सेलर तथा विदेशमन्त्री वाङ यीसँग भएको प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्तामा छलफल भए पनि भ्रमणको मिती भने तय हुन नसकेको बताए ।

‘पहिल्यै यो वर्ष उच्चस्तरीय भ्रमणमय वर्ष हुनेछ भनेका थियौं । त्यहाँ पुगेपछि पनि प्रधानमन्त्री ओलीको भ्रमणबारे छलफल गरेका छौं । तर त्यसको मिती तय भइसकेको छैन’, परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि त्यहाँ गएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमण छिट्टै हुनेमा आफू आशावादी रहेको भने बताए ।

त्योसँगै आफ्नो चीन भ्रमणले नेपाल र चीनबीच सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका खेलेको दाबी गर्दै उनले दुवै मुलुकबिच भएको सहयोग आदनप्रदान सम्बन्धी प्रतिबद्धा र समझदारीले नेपालको दीर्घकालिन विकास सहयोग पुग्ने बताए ।

रेलमार्ग निर्माणका लागि चीनलाई आग्रह
रेल मार्ग लगायत विकासका अन्य परियोजनाबारे चिनियाँ उच्चस्तरीय पक्षसँग छलफल तथा वार्ता भएको तर अहिले नै त्यसबारे ठोष जानकारी दिन नसक्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘उयुक्त कुटिनीतिको माध्यमबाट टुंगो लगाएपछि चिनियाँ रेलमार्गबारे जानकारी गराउने छौं ।

यसको तुरुन्तै सम्भाव्यता अध्ययन हुने छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर निर्माण कार्यामा जुट्ने छौं’, परराष्ट्रमन्त्री ज्ञवालीले भने । उनले चिनियाँ रेलमार्गलाई ‘सिम्बोल अफ बाइल्याट्रल रिलेसनकारुपमा लिइएकाले त्यसको निर्माण गर्न चीनलाई आग्रह गरेको बताए।

‘बिआरआई अन्तर्गतका परियोजनाहरु विभिन्न मोडलका हुन सक्छन् । तर सीमा वारपारको रेलको परियोजा भने चीनको ग्राण्डमा बनोस भन्ने आग्रह हामीले चीनलाई गरेका छौं । यद्दपी हामी खुल्ला भने छौं’, उनले भने ।

तातोपानी नाका छ्टिै खुलाउने आश्वासन
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबिच तातोपानी नाका खुलाउने विषयमा चिनियाँ पक्ष छलफल गरेको र उनीहरु एकदमै सकारात्मक भएको बताए ।

‘नाका खोल्न अव न्यूनतम प्राविधिक तयारी गर्न बाँकी छ । पूर्निर्माणमा लाग्ने समय मात्रै हो हामीले कुर्ने । नाका खुलाउने विषयमा चिनियाँ पक्ष एकदमै सकारात्मक छ र हामीलाई त्यो खुलाउने आश्वासन पनि दिइएको छ । र नाका खुल्नेमा म आशावादी मात्र नभएर पूर्ण विश्वस्त समेत छु ।’

सम्झौता कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र
चिनियाँ सरकारको सहयोगमा सञ्चालित परियोजनाहरुको कार्यानवयनलाई सहजीकरण गर्न एक द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापन गर्ने नेपाल र चीनबीच सहमति भएको छ ।

यस्तै बिआरआई अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विकासमा अझै द्विपक्षीय सम्बन्ध बढाउन र त्यस अन्तर्गतका परियोजना पहिचान गरी समयतालिका बनाई कार्यान्वयन गर्नुपर्नेमा नेपाल पक्षले जोड दिएको थियो ।

नेपालको नीतिमा सकारात्मक
परराष्ट्रमन्त्री ज्ञवालीले चीनले नेपालको तीव्र विकास र स्थिर राजनीति नै चाहेको स्पष्ट समेत पारे । ‘नेपालीको जीवन सुखी होस भन्ने चीनको पनि चाहना छ । पछिल्लो राजनीतिक विकासक्रममा चीन निकै आशावादी पनि छ । नेपाल सरकारले लिएको नीति कार्यान्वयनमा सबै तवरबाट चीन सहयोग गर्न चाहेको बुझियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

चीनका स्टेट काउन्सेलर तथा विदेशमन्त्री यीको निमन्त्रणामा यही वैशाख तीन गते परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा गएका थिए । पाँच दिने चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीले चीनका उपराष्ट्रपति वाङ छिशाङसँग भेट गर्दै प्रधानमन्त्री ओलीले सी जिन पिङको ‘मानवताको लागि साझा भविष्यको समुदाय निर्माण’ गर्ने सोचको प्रशंसा गरेको र विआरआई अन्तर्गत सहभागी मुलुकबिच सहयोग बढाउने चीनको प्रयन्तलाई नेपालले सर्मथन गरेको सन्देश प्रवाह गरेका थिए ।

छिशाङले नेपाल र चीनबिचको सम्बन्ध प्राचिनकालदेखि नै उत्कृष्ट रहिआएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धको संभावनालाई पूर्णरुपमा उपयोग गर्ने बताएका थिए।

चिनियाँ स्टेट काउन्सुलर एवं विदेशमन्त्री यीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ताका क्रममा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमति भएको थियो। त्यस्तै यसअघि प्रधानमन्त्री ओली र पुष्पकमल दाहालको चीन भ्रमणका बेला र दुई मुलुकबिच विगतमा भएका अन्य सम्झौता कार्यान्वयन गर्न सहमति भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवाली चीनमा रहँदा नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रमलाई संबोधन गरेका थिए भने चिनियाँ भाषामा अनुवादित ‘प्रधानमन्त्री केपी शर्मा ओलीका चुनिएका भाषणहरु’ नामक पुस्तक विमोचन गरेका थिए ।

यस्तै चिनियाँ वुद्धिजीविहरुलाई समेत संबोधन गर्न भ्याएका उनले पर्यटन प्रवर्द्धन कार्यक्रममा नेपालको पर्यटन विकासमा सरकारको धारणा राखेका थिए ।

सिचुवान प्रान्तका गभर्नरसँग भेट, सिचुवान विश्वविद्यालयमा संवोधन र थ्रिगोर्जेज कम्पनी, सिचुवान इन्भेष्टमेण्ट गु्रप कम्पनीका पदाधिकारी गायत लगानीकर्ताहरुसँगको भेटमा समेत परराष्ट्रमन्त्री व्यस्त बने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्