विप्लबले सिन्धुलीमा बेशक्याम्प राखेर सैन्य तालीम चलायो,पूर्व ध्वस्त पार्ने भन्दै यस्तो बन्यो रणनीति



सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ ।
आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

राससका अनुसार यो जानकारी पत्रकार सम्मेलनमा प्रहरी नायब निरीक्षक विनोद शर्माले दिएका हुन् ।

त्यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी ९विप्लब० नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको जनाएको छ ।

हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक शर्माले जानकारी दिए ।

पक्राउ गरिएकामध्ये बस्नेत यस भन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन् ।

उनीहरुको साथबाट जिलेटिन –नियोजेल ९०० ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

विष्फोटन समानमासहित विप्लवका कार्यकर्ता पक्राउ गर्न सफल प्रहरी टोलीलाई आफूले हिजैराति कार्यालयमा आउनासाथ पुरस्कृत गरेको पनि शर्माले जानकारी दिए ।

गत चैत १९ गते राति धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका पार्किङ गरी राखिएका सवारीमा आगलागी र बम विष्फोट गराई रु तीन करोड भन्दा बढीको क्षति गरेपछि अहिले त्यस क्षेत्रमा विशेष प्रहरी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९