भोली १२ बजे ओली र प्रचण्डले एकाहा पुराण लगाउने,पार्टी एकताको भ्रम यसरी भगाउने



हाम्रो इकोनोमि

पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन निरन्तर जुटिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन्।

वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस हो, र यही दिन एमाले–माओवादीबीच पार्टी एकताको घोषणा हुने चर्चा थियो। तर पछिल्लो समय जनयुद्ध शब्दलाई एकीकृत पार्टीको विधानमा समावेश गर्नु पर्ने र सहअध्यक्षको शक्ति बाँडफाँट स्पष्ट हुनु पर्ने अडान दाहालले राखेपछि एकता प्रक्रिया लम्बिएको छ।

वैशाख ९ गते एकता घोषणा नहुँदा कार्यकर्ताबीच निरासा फैलिने भएकाले अध्यक्ष द्वयले संयुक्त सम्बोधन गर्न लागेको माओवादीका एक नेताले बताए।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले ओली र दाहालको उपस्थितिमा राष्ट्रिय सभागृहमा वैशाख ९ गते, आइतबार हुने नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा सहभागी हुन सञ्चारकर्मीलाई आमन्त्रण गरेका छन्। श्रेष्ठका अनुसार आइतबार १२ बजे कार्यक्रम आयोजना गरिएको छ।

एकता सम्बन्धी असमझदारी टुंग्याउन निरन्तर एक्लाएक्लै भेटवार्ता गरिरहेका ओली र दाहालले संयुक्त सम्बोधनको तयारी गरेको खबरले कार्यकर्ता तहमा एकता हुने आशा फेरि बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...