भोली १२ बजे ओली र प्रचण्डले एकाहा पुराण लगाउने,पार्टी एकताको भ्रम यसरी भगाउने



हाम्रो इकोनोमि

पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन निरन्तर जुटिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन्।

वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस हो, र यही दिन एमाले–माओवादीबीच पार्टी एकताको घोषणा हुने चर्चा थियो। तर पछिल्लो समय जनयुद्ध शब्दलाई एकीकृत पार्टीको विधानमा समावेश गर्नु पर्ने र सहअध्यक्षको शक्ति बाँडफाँट स्पष्ट हुनु पर्ने अडान दाहालले राखेपछि एकता प्रक्रिया लम्बिएको छ।

वैशाख ९ गते एकता घोषणा नहुँदा कार्यकर्ताबीच निरासा फैलिने भएकाले अध्यक्ष द्वयले संयुक्त सम्बोधन गर्न लागेको माओवादीका एक नेताले बताए।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले ओली र दाहालको उपस्थितिमा राष्ट्रिय सभागृहमा वैशाख ९ गते, आइतबार हुने नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा सहभागी हुन सञ्चारकर्मीलाई आमन्त्रण गरेका छन्। श्रेष्ठका अनुसार आइतबार १२ बजे कार्यक्रम आयोजना गरिएको छ।

एकता सम्बन्धी असमझदारी टुंग्याउन निरन्तर एक्लाएक्लै भेटवार्ता गरिरहेका ओली र दाहालले संयुक्त सम्बोधनको तयारी गरेको खबरले कार्यकर्ता तहमा एकता हुने आशा फेरि बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...