यसरी छक्याएका थिए मनाङेले प्रहरीलाई,असल कैदीको सुचीमा परे,जेठमै छुट्ने यस्तो छ व्यवस्था



विभिन्न मुद्दामा दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले पटक-पटक पक्राउ गरेको थियो। उनी पटक-पटक जेल चलान पनि भए। बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका छन्।

उनले विगतमा पटक-पटक पक्राउ परे पनि वास्तविक रुपमा पहिलोपटक आफूलाई प्रहरीले पक्राउ गरेको प्रतिक्रिया थिए। ‘पहिला त रेस्टुरेन्टमा खाइरहेको बेलामा प्रहरीले मलाई उठाएर लैजान्थ्यो,’ पक्राउ परेपछि उनले भने, ‘यसपटक चाहिँ मैले प्रहरीलाई धेरै छक्याएको थिएँ, भागेकै बेला पहिलोपटक प्रहरीले पक्राउ गर्‍यो।’

स्वयम्भुस्थित एक साथीको डेराबाट महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो। १३ वर्षअघिको ज्यान मार्ने उद्योग मुद्दामा उनी पक्राउ परेका हुन्। १३ वर्षअघि मनाङेले अर्का गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनाएका थिए। उनलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

वकिलसँग सल्लाह गर्दै थिए मनाङे

पुनरावेदनकै सजायलाई सदर हुने गत माघ ३ को सर्वाेच्चको फैसला लगत्तै भूमिगत भएका मनाङे लामो समय भारतमा बसे। २ साताअघि मात्र उनी काठमाडौं आएका थिए। अदालतमा आत्मसर्पण गर्ने कि आफूले पुनरावेदनको म्याद नगुजारेको दाबी गर्दै निवेदन दिने भन्ने विकल्पमा उनले वकिलहरुसँग छलफल गरिरहेका थिए।

जब बिहीबार साँझ उनी बसेको घरमा प्रहरी पुग्यो उनी चकित भए। किनकि उनले आफ्नो मोबाइल समेत बोकेका थिएनन्। इन्टरपोलले रेड कर्नर नोटिस जारी गरे पनि प्रहरीले पत्ता लगाउन नसक्नेमा उनी ढुक्क थिए।

प्रहरीलाई झुक्याउन उनले धेरै उपाय अपनाएका थिए। आफ्ना मोबाइलहरु साथीहरुलाई बोक्न लगाएर कहिले हेटौंडा त कहिले काठमाडौंमा राख्न लगाउँथे। प्रहरी उनको मोबाइलको पछि लाग्थ्यो, तर मनाङे भने अर्कै ठाउँमा बस्थे। अपराध महाशाखाले केही समयअघि हेटौंडाबाट उनको मोबाइल बरामद गर्‍यो, तर उनलाई पक्राउ गर्न सकेन।

बिहीबार एक्कासी प्रहरी पुग्दा उनी चकित हुनु स्वभाविक नै थियो। ‘हामीले फरक तरिकाले उनीमाथि निगरानी राखेका थियौं,’ परिसरका एक अधिकारी भन्छन्, ‘सोही कारण उनको चतुर्‍याईले लामो समय काम गरेन।’

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनले सपथ भने लिन पाएका छैनन्। उनलाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय भएको थियो। जसमध्ये २ वर्ष उनी जेल बसिसकेका छन्। कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि सरकारले बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ। उनको लगभग ४० प्रतिशत कैद भुक्तान भइसकेको छ। असल चालचलन भएको कैदीका रुपमा मनाङे आगामी जेठको गणतन्त्र दिवसमै छुट्न सक्ने डिल्लीबजार कारागारका एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्