प्रचण्डको काखी च्यापेर वामदेवले ओली बिरुद्द छेड्ने भए यस्तो जेहाद,एमालेका क-कस्ले दिने भए साथ



हाम्रो इकोनोमि

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी हैसियतमा एकता हुनुुपर्ने एजेण्डामा वामदेवले समर्थन जनाउँदै यसो नभए एकता हुननसक्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध स्वीकार्न नसकेको र बराबरी हैसियतभन्दा पनि माओवादीसँग ७०, ३० को अनुपातमा एकता गराउने तथा सक्यो भने विलय नै गराउने रणनीतिमा लागेका बेला वामदेवले प्रचण्डको पक्षमा उभिदै ओलीलाई नै काउन्टर दिएका हुुन्।

वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताए। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो जनवादी क्रान्तिलाई जनयुद्ध भएको बताउदै अहिलेको राजनीतिक परिवर्तन र माओवादीको पहिचान भनेको जनयुद्ध भएको गौतमले बताएका छन् । फायरसाइडमा पत्रकार भुुषण दाहालसँगको अन्तर्वार्तामा गौतमले भने, ‘माओवादीले सञ्चालन गरेको जनयुद्ध नै हो । उसको तागत, पहिचान र बल भनको जनयुद्ध नै हो ।’

वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम घोषणा गर्ने तयारी भएपनि भएपनि पछिल्लो समय केही ढिलासुस्ती देखिएको छ । भने दुई अध्यक्ष र एकता संयोजन समितिको बैठक पनि बस्न नसकिरहेको समयमा माओवादी नकिट नेताका रुपमा चिनिने एमालेका प्रभावशाली नेता गौतमले भने, माओवादीको पर्सनालिटी भनेको जनयुद्ध हो, वेट भनेकै जनयुद्ध हो । त्यो उल्लेख नभइ कसरी पार्टी एकता हुन्छ । त्यसमा एमालेको कुनै आपत्ति छैन् ।

उपाध्यक्ष गौतमले भने, ‘नेकपा माओवादीले सञ्चालन गरेको जुनयुद्ध र एमालेले गरेको संसदीय संर्घषका कारण र शान्तिपूर्ण आन्दोलनको सार आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले कसैको अवमूल्याङ्क गर्नु हुँदैन ।’

एमालेले जनयुद्धलाई स्वीकार गरेपनि एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्ध शब्द उल्लेख गर्ने विषयमा भने नमानेको बताइएको छ । पार्टीे र सरकारका नेतृत्वका बारेमा पनि टुंगो लगाउन वाँकी रहेको बताइएको छ । त्यसैगरी संगठनात्मक पदीय वाँडफाँडमा पनि कुरा अहिलेसम्म कुरा मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...