ओलीका दाहिना मन्त्रीले अर्थ मन्त्रालयमा गरे यस्तो हंगामा,क-कस्को ध्वस्त भयो तानाबाना



हाम्रो इकोनोमि

डा. युवराज खतिवडाले अर्थमन्त्रीभएसँगै कर चुहावटको मुख्य बिन्दु नै सफा गर्ने घोषणा गरे। सोही घोषणा बमोजिम मन्त्री डा. खतिवडाले महत्वपूर्ण निकायहरूमा नेतृत्व परिवर्तन गरिरहेका छन्। यसअघि भन्सार विभाग र ठूला करदाता कार्यालयका प्रमुख परिवर्तन गरेका डा. खतिवडाले आन्तरिक राजश्‍व विभाग र महालेखा नियन्त्रकको कार्यालयका महानिर्देशक र सहमहालेखा नियन्त्रक परिवर्तन गरेका छन्। डा. खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर आन्तरिक राजश्‍व विभागका महानिर्देशक किशोरजंग कार्कीलाई अर्थ मन्त्रालय तानेका छन्।

त्यस्तै कार्कीको स्थानमा महालेखा नियन्त्रण कार्यालयका सहमहालेखा नियन्त्रक विष्णु नेपाललाई सरुवा गरिएको छ। राजस्वमा सबैभन्दा शक्तिशाली निकाय आन्तरिक राजस्व विभागका महानिर्देशक हुन्छन्। तत्कालिन महानिर्देशक चुडामणी शर्मा भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेपछि तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले किशोरजंग कार्कीलाई महानिर्देशक बनाएका थिए।

तर, नयाँ अर्थमन्त्रीमा डा. खतिवडा आएसँगै उनी मन्त्रालयमा तानिएका छन्। नेपालले विभागका काम सुरु गरिसकेका छन्। अर्थमन्त्रीमा पदबहालीभएसँगै नेपाल राष्ट्र बैंकमा कार्यरत डा. खतिवडाका ज्वाईँ डा.रामशरण खरेललाई प्रमुख सल्लाहारकारको रुपमा मन्त्रालयलय भित्र्याइएको थियो। त्यस्तै नेपालको स्थानमा भने मन्त्रालयबाट सुशिल पाण्डेलाई पठाइएको छ। अर्थमन्त्रालयको प्रशासन शाखामा रहेका पाण्डे सह-महालेखा नियन्त्रकको रूपमा महालेखा नियन्त्रणको कार्यालयमा पुगेका छन्। अर्थमन्त्रीमा पदबहालीभएसँगै नेपाल राष्ट्र बैंकमा कार्यरत डा. खतिवडाका ज्वाईँ डा.रामशरण खरेललाई मन्त्रालयको प्रमुख सल्लाहकारको रूपमा मन्त्रालय भित्र्याइएको थियो।

मन्त्रिपरिषद् निर्णयबाट खतिवडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत राजन खनाललाई अर्थ सचिवको रूपमा मन्त्रालय भित्र्याउन सफल भएका थिए। मन्त्री डा. खतिवडाले केहीदिन अघिमात्रै भन्सार विभागको महानिर्देशक जगदीश रेग्मीको स्थानमा तोयम रायलाई सरुवा गरेका थिए।

त्यस्तै, ठूला करदाता कार्यालयमा गंगाराम गेलालको ठाउँमा धनीराम शर्मालाई सरूवा गरेका थिए। राय अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व विभागमा थिए भने शर्मा काठमाडौं महानगरपालिकामा कार्यरत थिए। अर्थमन्त्री डा. खतिवडा ठूला करदाता कार्यालय, आन्तरिक राजश्‍व विभाग तथा भन्सार विभागको कार्यप्रगतिबाट सन्तुष्ट हुन नसकेको कारण नेतृत्व परिवर्तन गरिएको मन्त्रालय श्रोतले बताएको छ। एकातर्फ बजेट घाटामा रहेको र अर्कोतर्फ अपेक्षित राजश्‍व उठ्न नसेको सन्दर्भमा डा. खतिवडाले महत्वपूर्ण निकायको नेतृत्व नै परिवर्तन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...