राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’उत्पादन गरे पछी यसरी भयो बिरोध



हाम्रो इकोनोमि

स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्‍पनीले वीरेन्द्र बियर नाम राखेर बेचेको भन्‍दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आपत्ति जनाएको छ।

स‌ंगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालका स्वर्गीय राजा श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको नामक मदिरा उत्पादक कम्पनीले ‘टुरविनेनब्राउ’ नाम राखी बियर बिक्रीवितरण गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा हिजोबाट प्रकाशित र प्रसारित भएकोप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।’

यसका साथै संगठनले उक्त घटनालाई नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कारको संज्ञा दिएको छ भने यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।

यदि यो गलत कार्य समयमा नै बन्द नभए कडा संघर्षमा उत्रने विद्यार्थी संगठनले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...