नबुझ्ने अक्षरमा ‘प्रेस्कृप्सन’ लेख्ने डाक्टरलाई १ वर्ष जेल,यस्ता डाक्टर हुने भए अब फेल



हाम्रो इकोनोमि

नेपाल मेडिकल काउन्सिलले आचार सहिंता पालना नगर्ने चिकित्सकलाई कारवाही गर्ने चेतावनी दिएको छ। मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य परिषद् र औषधि व्यवस्था विभागको संयुक्त बैठकले नेपाल मेडिकल काउन्सिल आचार संहिता २०७३ पालना नगरे कारवाही गर्ने निर्णय गरेको हो।

नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै औषधि लेख्दा औषधिको नाम, मात्रा र सेवन गर्ने अविधि राम्रोसँग बुझिने भाषामा लेख्नुपर्ने उल्लेख गरेको छ। पुर्जामा डाक्टरको पूरा नाम र हस्ताक्षर अनिवार्य रुपमा लेख्नुपर्ने जनाएको छ। त्यस्तै मान्यताप्राप्त औषधि पसललाई मात्र औषधि बेच्न निर्देशन दिएको छ। सम्बन्धित विषयको चिकित्सकको सल्लाहबिना अनुमानकै भरमा औषधि बेचेको पाइएमा पनि कारवाही हुने काउन्सिलले जनाएको छ।

स्वास्थ्य संस्थाले बिरामीले जचाएको अभिलेखहरु कम्तिमा ५ वर्षसम्म राख्नुपर्ने प्रावधान छ। नेपाल मेडिकल काउन्सिल तथा अन्य न्यायिक निकायले मागेमा ती रेकर्ड उपलब्ध गराउनुपर्ने काउन्सिलले स्मरण गराएको छ। त्यस्तै स्वास्थ्य संस्थामा सेवामा नभएका चिकित्सकको माध्यमबाट स्वास्थ्य संस्थाको प्रचार कुनै पनि माध्यमबाट गर्न नपाइने उल्लेख छ।
के हुन्छ कारवाही?
नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर कालु सिंह खत्रीका अनुसार स्वास्थ्यकर्मीले नियम विपरित कार्य गरे कम्तिमा ३ महिनादेखि १ वर्षसम्म जेल पर्न सक्ने प्रावधान छ। उनले भने, ‘केही औषधिबाहेक अन्य औषधिमा डाक्टरको पुर्जा अनिवार्य चाहिन्छ। औषधि लेख्दा डाक्टरले आफ्नो पूरा नाम, हस्ताक्षर अनिवार्य रुपमा लेख्नुपर्छ।’

यी विषयमा काउन्सिलले व्यापक अनुगमन गर्ने तयारी गरिरहेको खत्रीले बताए। ‘अब अनावश्यक भ्रामक प्रचार गर्नेहरुलाई पनि काउन्सिलले कारवाही गर्छ,’ खत्रीले भने, ‘आफ्नो विशेषज्ञता बाहिरको औषधि लेख्ने, पुर्जामा काउन्सिलमा दर्ता गरेको प्रमाणपत्र नम्बर नलेख्ने स्वास्थ्यकर्मी कारवाहीको दायरामा पर्नेछन्।’

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...