चेलालाई राखेकै जेल पुगे दीपक मनाङे,जेलमा गुरु चेलाको भयो भेट



हाम्रो इकोनोमि

बिहिबार पक्राउ परेका डन पृष्ठभुमीका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। फैसला कार्यान्वायनका लागि उनलाई अदालत लगिएकोमा अदालतले कारागार चलान गरेको डिएसपी मोहन थापाले बताए।

२०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा उनलाई ५ वर्ष कैद सजाय भएको थियो। जसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ।
डिल्लीबजार मनाङेको ‘प्यारो’ जेल हो। यसअघि जेल पर्दा पनि उनी डिल्लीबजार नै रोज्थे।
हातहतियार तथा खरखजना मुद्दामा जेल परेका गणेश लामा पनि गत सातादेखि डिल्लिबजार कराागारमै छन्। उनीहरु केही वर्ष एउटै समूहमा थिए। मनाङे लामामा गुरु मानिन्छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...