चेलालाई राखेकै जेल पुगे दीपक मनाङे,जेलमा गुरु चेलाको भयो भेट



हाम्रो इकोनोमि

बिहिबार पक्राउ परेका डन पृष्ठभुमीका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। फैसला कार्यान्वायनका लागि उनलाई अदालत लगिएकोमा अदालतले कारागार चलान गरेको डिएसपी मोहन थापाले बताए।

२०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा उनलाई ५ वर्ष कैद सजाय भएको थियो। जसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ।
डिल्लीबजार मनाङेको ‘प्यारो’ जेल हो। यसअघि जेल पर्दा पनि उनी डिल्लीबजार नै रोज्थे।
हातहतियार तथा खरखजना मुद्दामा जेल परेका गणेश लामा पनि गत सातादेखि डिल्लिबजार कराागारमै छन्। उनीहरु केही वर्ष एउटै समूहमा थिए। मनाङे लामामा गुरु मानिन्छन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...