चौरमा जोतिएको मालिन्दो एयरलाइन्सको विमान निकाल्न यसो गरिदै,अन्तर्राष्ट्रिय उडान १२ बजेपछिमात्र



हाम्रो इकोनोमि

बिहिबार रातिदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ।
काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान राति दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान रोकिएका थिए।

तर आन्तरिक उडान भने बिहान करिब पौने १० बजेदेखि सुरु गरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय उडान खुल्न भने अझै समय लाग्ने बताइएको छ।

धावन मार्गमा धस्सिएको विमान हटाउने प्रयास भइरहेकाले अन्तर्राष्ट्रिय उडान भने मध्याह्न १२ बजेयता खुल्ने संभावना नरहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ।

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको छ।

तर विमानमा रहेका चालक दलका सदस्यसहित १३९ यात्रुलाई भने केही भएको छैन।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...