चौरमा जोतिएको मालिन्दो एयरलाइन्सको विमान निकाल्न यसो गरिदै,अन्तर्राष्ट्रिय उडान १२ बजेपछिमात्र



हाम्रो इकोनोमि

बिहिबार रातिदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ।
काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान राति दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान रोकिएका थिए।

तर आन्तरिक उडान भने बिहान करिब पौने १० बजेदेखि सुरु गरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय उडान खुल्न भने अझै समय लाग्ने बताइएको छ।

धावन मार्गमा धस्सिएको विमान हटाउने प्रयास भइरहेकाले अन्तर्राष्ट्रिय उडान भने मध्याह्न १२ बजेयता खुल्ने संभावना नरहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ।

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको छ।

तर विमानमा रहेका चालक दलका सदस्यसहित १३९ यात्रुलाई भने केही भएको छैन।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...