मालिन्दो एयरको विमान दुर्घटना, दिउँसो १२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द



हाम्रो इकोनोमि

मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प भएको हो ।

रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन ।  विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

अाज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ

तत्कालका लागि अाज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ ।

रातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । यसलाई हटाउन केही घण्टा लाग्ने भएकाले उडान अवतरण रोकिएकाे हाे ।

सकेसम्म १२ बजेदेखि उडान सुचारू गर्ने प्रयास भइरहेकाे विमानस्थल प्रशासनकाे भनाइ छ ।

नेपालमा उपलब्ध उपकरण र प्रविधिकाे प्रयोगबाट विमान पन्छाउन नसकिएमा भारतबाट उपकरण ल्याउनुपर्ने हुनसक्ने स्रोतले जानकारी दिएकाे छ ।

यसअघि टर्कीस एयरकाे विमान पन्छाउन भारतबाट उपकरण र प्राविधिकहरू झिकाइएकाे थियो ।

देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको विमान दुर्घटनापछि आवागमन अबरुद्ध भएको छ । विमान धावनमार्गमा धसिँदा विदेशबाट यात्रु लिएर आएका विमान फर्काइएका छन् भने तय भएका उडान अन्योलमा परेको छ ।

रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । तर, विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

 

गएरातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । विमानस्थल स्रोतका अनुसार, यसलाई हटाउन अझै केही घण्टा लाग्ने छ । उडान ठप्प  हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...