सुन तस्करीको पैसाले अमेरिकामा बाजेको सेकुवा खुल्यो,प्रहरीले छानविन थाले पछी पत्नी सहित कतारमा



हाम्रो इकोनोमि

३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा छानबीनमा रहेका चर्चित चेन रेस्टुरेन्ट बाजेको सुकुवाका सञ्चालक चेतन भण्डारी यतिबेला नेपाल बाहिर रहेको तथ्य फेला परेको छ ।

विशेष स्रोतका अनुसार भण्डारी बाजेको सेकुवाको नयाँ शाखा विस्तार गर्नका लागि कतार पुगेका छन् । यता प्रहरीले भने ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा उनले लगानी गरेको देखिएपछि उनको बैंक खाता र सम्पत्ति रोक्का गरेको छ ।

‘सर केही दिनभित्रै नेपाल आउनु हुन्छ । अहिले उहाँ अमेरिकामा हाम्रो नयाँ शाखा विस्तार सकिएको छ । केही दिनअघि परिवार सहित उहाँ अमेरिकामै हुनुहुन्थ्यो,’ एक कर्मचारीले भने,‘अहिले कतारमा पनि नयाँ शाखा विस्तारका लागि पुग्नु भएको छ ।

कतारको काम सकेपछि उहाँ नेपाल फर्कनुहुन्छ ।
स्रोतका अनुसार भण्डारी उनकी पत्नि नितिमा कार्की, उनका बुवा दिनानाथ भण्डारी सहित यात्रामा छन् ।

नेपाली नयाँ वर्षको अवसरमा शुरु गरिएको अमेरिकाको न्युयोर्क स्थित रहेको बाजेको सेकुवा उद्घाटनमा क्रममा तामझाम सहित सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

करीब १७ करोड मुल्य बराबरको तस्करीको सुन विमानस्लबाटै हराएको थियो । विराटनगरमा भएको सानम शाक्य हत्यासँग समेत भण्डारीको समलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सो गिरोहका नाईके चुणामणि उप्रेती ‘गोरे’ उनै भण्डारीका आफन्त हुन् ।

प्रहरीका अनुसार उक्त समुहले ५ वर्षदेखि नै विमानस्थलमा सेटिङ मिलाएरै तस्करी गर्दै आएको थियो ।

प्रहरीका अनुसार बाजेको सेकुवाका रेष्टुरेन्ट सञ्चालक भण्डरीले तस्करीको सुन पसलहरुमा लगानी गरेका छन् । सुन तस्कर गोरेका भान्जा पर्ने भण्डारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...