सुन तस्करीको पैसाले अमेरिकामा बाजेको सेकुवा खुल्यो,प्रहरीले छानविन थाले पछी पत्नी सहित कतारमा



हाम्रो इकोनोमि

३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा छानबीनमा रहेका चर्चित चेन रेस्टुरेन्ट बाजेको सुकुवाका सञ्चालक चेतन भण्डारी यतिबेला नेपाल बाहिर रहेको तथ्य फेला परेको छ ।

विशेष स्रोतका अनुसार भण्डारी बाजेको सेकुवाको नयाँ शाखा विस्तार गर्नका लागि कतार पुगेका छन् । यता प्रहरीले भने ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा उनले लगानी गरेको देखिएपछि उनको बैंक खाता र सम्पत्ति रोक्का गरेको छ ।

‘सर केही दिनभित्रै नेपाल आउनु हुन्छ । अहिले उहाँ अमेरिकामा हाम्रो नयाँ शाखा विस्तार सकिएको छ । केही दिनअघि परिवार सहित उहाँ अमेरिकामै हुनुहुन्थ्यो,’ एक कर्मचारीले भने,‘अहिले कतारमा पनि नयाँ शाखा विस्तारका लागि पुग्नु भएको छ ।

कतारको काम सकेपछि उहाँ नेपाल फर्कनुहुन्छ ।
स्रोतका अनुसार भण्डारी उनकी पत्नि नितिमा कार्की, उनका बुवा दिनानाथ भण्डारी सहित यात्रामा छन् ।

नेपाली नयाँ वर्षको अवसरमा शुरु गरिएको अमेरिकाको न्युयोर्क स्थित रहेको बाजेको सेकुवा उद्घाटनमा क्रममा तामझाम सहित सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

करीब १७ करोड मुल्य बराबरको तस्करीको सुन विमानस्लबाटै हराएको थियो । विराटनगरमा भएको सानम शाक्य हत्यासँग समेत भण्डारीको समलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सो गिरोहका नाईके चुणामणि उप्रेती ‘गोरे’ उनै भण्डारीका आफन्त हुन् ।

प्रहरीका अनुसार उक्त समुहले ५ वर्षदेखि नै विमानस्थलमा सेटिङ मिलाएरै तस्करी गर्दै आएको थियो ।

प्रहरीका अनुसार बाजेको सेकुवाका रेष्टुरेन्ट सञ्चालक भण्डरीले तस्करीको सुन पसलहरुमा लगानी गरेका छन् । सुन तस्कर गोरेका भान्जा पर्ने भण्डारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...