पुलिस रिपोर्ट अब कालिमाटी र गौशाला वृत्तमा पनि पाइने



हाम्रो इकोनोमि

प्रहरीले शुक्रबारबाट महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशालाबाट समेत चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) वितरण तथा संकलनगर्ने भएको छ।

हाल प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ प्रदेश प्रहरी कार्यालय, विराटनगर, ३ प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ प्रदेश प्रहरी कार्यालय, पोखरा, संघीय प्रहरी इकाई कार्यालय, नेपालगञ्ज र ७ प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघीय प्रहरी इकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेकोमा काठमाडौंका दुई वृत्तमा थप गरिएको हो।

प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले वितरण प्रणालीलाई सहज र सर्वसाधारणको सुविधाका लागि दुई वृत्तमा थप गरिएको बताए। उनले आवश्यकता अनुसार वितरण तथा संकलन केन्द्र थपिँदै जाने पनि बताए। सबैलाई जानकारी दिन शेयर पनि गरौ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...