३० हजार गन्दा गन्दै लालबावु पण्डितलाई अख्तियारको टोलीले पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
प्राधिकरणको तृतीय तहमा कार्यरत लालबावु पण्डित र चौथो तहमा कार्यरत बाबुसाहेव सिंहलाई बुधबार आयोगको टोलीले पक्राउ गरेको हो ।
विद्युतीय मिटरका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ ।

गोली गठ्ठासहित मकवानपुरबाट जोकर तामाङ पक्राउ

मकवानपुर प्रहरीले हात हतियार र गोली गठ्ठासहित एकजनालाई पक्राउ गरेको छ ।  विहिबार मकवानपुरको हेटौडा उपमहानगरापलिकास्थित लोकमार्गको लेवट भन्ने स्थानबाट मकवानपुरकै जम्बो चौताराका अनिल भन्ने जोकर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ३ थान कटुवा पेस्तोल, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राइफलको गोली १, सुतली बम एकथान र नेपाल प्रहरीको एकथान चुस्ता बरामद गरेको हो । सवारी चेकजाँचमा खटिएको प्रहरी टोली देखेपछि तामाङ सवार सवारी साधनबाट झरेर भाग्न खोजेपछि प्रहरीले उनलाई पिछा गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक दिलिप झाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...