३० हजार गन्दा गन्दै लालबावु पण्डितलाई अख्तियारको टोलीले पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
प्राधिकरणको तृतीय तहमा कार्यरत लालबावु पण्डित र चौथो तहमा कार्यरत बाबुसाहेव सिंहलाई बुधबार आयोगको टोलीले पक्राउ गरेको हो ।
विद्युतीय मिटरका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ ।

गोली गठ्ठासहित मकवानपुरबाट जोकर तामाङ पक्राउ

मकवानपुर प्रहरीले हात हतियार र गोली गठ्ठासहित एकजनालाई पक्राउ गरेको छ ।  विहिबार मकवानपुरको हेटौडा उपमहानगरापलिकास्थित लोकमार्गको लेवट भन्ने स्थानबाट मकवानपुरकै जम्बो चौताराका अनिल भन्ने जोकर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ३ थान कटुवा पेस्तोल, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राइफलको गोली १, सुतली बम एकथान र नेपाल प्रहरीको एकथान चुस्ता बरामद गरेको हो । सवारी चेकजाँचमा खटिएको प्रहरी टोली देखेपछि तामाङ सवार सवारी साधनबाट झरेर भाग्न खोजेपछि प्रहरीले उनलाई पिछा गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक दिलिप झाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...