अनावश्यक लोभमा फसे पछीको तनाब: सुन भनेर २८ लाख रुपैयाँमा किनेको धातु पित्तल परेपछि………….



हाम्रो इकोनोमि

‘करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने १ किलो सुन २८ लाखमा नै दिँदैछ। किन्ने हो?’

भक्तपुरका अजय तामाङको प्रश्नले राजेन्द्र थापा दुविधामा परे।

अजय र राजेन्द्रबीच पहिलेदेखिनै सामान्य चिनजान थियो। झन्डै १५ लाख रुपैयाँ फाइदा हुने भएपछि राजेन्द्रमा लोभ पलायो। उनी सुन किन्न तयार भए।

अजयले आफूले चिनेको साथी विष्णु मोक्तान र कर्ण लिम्बुले सुन बेच्ने बताएका थिए। किन्ने मनस्थिति बनाएपछि गत पुस २३ गते सुन किन्न भन्दै राजेन्द्र र अजय स्वयम्भूतिर लागे।

अजय र राजेन्द्र स्वयम्भूबाट सेतो गुम्बा जाने बाटोमा पुग्दा उनीहरू रेडी अवस्थामा थिए। साथमा थियो एक केजी सुनको बिस्कुट। राजेन्द्रले २८ लाख ६० हजार रुपैयाँ दिएर सुन लिए। राजेन्द्र मख्ख थिए- ४५ लाखभन्दा बढी मूल्य पर्ने सुन २८ लाख ६० हजारमा मै पाइयो।

केही दिन यत्तिकै बित्यो। त्यसपछि राजेन्द्रले सुन बेच्ने विचार गरे। सुन बेच्न पसलमा पुगेपछि पो सत्य थाहा भयो। पसलेले सुन चेक गर्दै त्यो सुन नभएर पित्तल भएको भन्दा राजेन्द्रको होसहवास नै गुम्यो।

उनी ठगिएका थिए।

राजेन्द्रले प्रहरीमा उजुरी दिए। उजुरी दिएको चार महिनापछि प्रहरीले सुन बेच्ने दुई जना विष्णु र अजयलाई पक्राउ गर्योद। कर्ण भने अझै फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए।

‘उनीहरूले नक्कली सुन देखाएर ठगी गर्ने गरेको देखियो,’ पोखरेल बताउँछन्।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...