प्रधानमन्त्री ओलीले बनाएको ‘रातो सूर्य’ फिल्म सुपर डुपर हिट होस् भन्दै कांग्रेसका सांसदले ४ किलो लड्डु चढाउने



हाम्रो इकोनोमि

प्रदेश ४ का सांसद कुमार खड्काले प्रधानमन्त्री केपी ओलीमाथि चर्को व्यङ्ग्य गरेका छन् । रारा तालबाट प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको विषयलाई लिएर बिहीबार प्रदेशसभा बैठकमा बोल्दै सांसद खड्काले प्रधानमन्त्रीप्रति व्यङ्ग्य गरेका हुन् ।

‘मैले अत्यन्तै आदर गर्ने केपी ओलीज्यू राजनीतिमा जस्तै अभिनय जगतमा समेत शीर्षमा पुग्न सकुन, राजेश हमाल–भुवन केसी भन्दा ठूलो सफल हिरो हुनुहोस् भन्ने शुभकामना व्याक्त गर्दछु’, सांसद खड्काले भने, ‘उहाँको प्रशंसक भएको हुँदा उहाँको अभिनय यात्रा सफल र ‘रातो सूर्य’ फिल्म सुपर डुपर हिट होस् भनेर माता विन्ध्यावासिनीसँग ४ किलो लड्डु चढाउने भाकल समेत गरेको छु ।’

उनले ‘रातो सूर्य’ चलचित्रका लागि आवश्यक दृश्य संकलनका लागि राराबाट सम्बोधनका नाममा सुटिङ भएको भन्ने खबर सार्वजनिक भएको भन्दै आपत्ति जनाए ।

‘अहिले सञ्चार क्षेत्रले नेकपा एमालको प्रभावशाली नेताको हवाला दिँदै प्रधानमन्त्रीज्यूले नववर्षमा राराबाट गर्नु भएको सम्बोधन र राष्ट्रहित, राष्ट्रिय कर्तव्य पूरा गर्न नभई ‘रातो सूर्य’ चलचित्रका लागि आवश्यक दृश्य संकलनको लागिगरिएको सुटिङ थियो भनेर समाचार सम्प्रेषण भइरहेका छन्’, उनले भनेका छन्, ‘उच्च सुरक्षा घेरामा रहनु हुने प्रधानमन्त्रीले राराको डिलबाट सम्बोधन गरी रहदाँ अत्यन्तै अस्वभाविक रुपमा रारा र प्रधानमन्त्रीको कुर्सी बीचबाट मानिसहरु हिँडिरहेको दृश्य फिल्मी थियो ।’

उनले ‘रातो सूर्य’कै सुटिङका लागि राराबाट सम्बोधन भएको हो वा होइन भन्ने विषयको जानकारी राष्ट्रलाई गराउन सभामुखसँग मागसमेत गरेका छन् । ‘जनताले रगत र पसिना बगाएर कमाएको कर वापत तिरेको पैसा व्यक्तिगत कार्यमा खर्च गरिएको हो भने जनतलाई ढाँटेर अर्कै प्रयोजनको लागि ढुकुटी रित्याइएको हो भने यो व्यक्तिगत महत्वकांक्षा चिन्ताजनक छ’, उनले सम्बोधनको अन्तिममा भनेका छन्, ‘सरकोकारवालालाई यसको सत्य तथ्य पत्ता लगाई राष्ट्रिय ढुकुटी दुरुपयोग भएको, नभएको बारे राष्ट्रलाई जानकारी गराउन सभामुखमार्फत् आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...