मोजा भित्र पोको पारेर सुन तस्करी प्रहरी रमिते,रमिता हेर्ने प्रहरीलाई चड्कन हान्न सर्वेन्द्रले दिए आदेश



त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला बढी सुन बरामद भएको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई भन्सार चेकजाँचपछिको स्थानबाट पक्राउ गरिएको हो । भन्सारका कर्मचारीले यत्रि ठूलो मात्रामा ल्याएको सुनको बारेमा केही थाहा पाएनन् । प्रहरी प्रमुख चन्दका अनुसार बरामद भएको सुनको तौल ६ सय ९९ ग्राम रहेको छ ।

आजको बजार मूल्य अनुसार बरामद सुनको मूल्य ३५ लाख ५३ हजार पर्छ । प्रहरी प्रमुख चन्दका अनुसार सबै सुन जुत्तामा लुकाएको अवस्थामा बरामद भएको हो । भन्सार छलिसकेको अवस्थामा सुन बरामद भएकाले यसमाथि गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

श्रीमान् विदेशीएको मौका छोपेर अर्काकी श्रीमतीसँग यौन सम्बन्ध,श्रीमान् फर्केपछि ब्याकमेलिङ गर्ने जाकीए खोरमा

कमला शाह (नाम परिवर्तन) उमेरले ३४ पुगिन् । कमलाको साथमा रहेकी एउटी छोरीलाई उनको साथमै छाडेर श्रीमान् विदेश गएका थिए । धनुषाकी कमला श्रीमान् विदेशीएपछि काठमाडौँमा एउटा कस्मेटिक पसल खोलेर यतै बस्न थालेकी थिइन् । बिहान बेलुकाको हातमुख जोर्न कस्मेटिक व्यापारले पनि भरथेग गरेकै थियो । उनी सामाजिक सञ्जाल (फेसबुक) चलाउँथिन्, एकदिन राजीव कर्ण नामका एक पुरुषले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाए ।

धुनषा उप–महानगरपालिका–८ बस्ने ३७ बर्षका राजीव कर्ण विद्युत्त प्राधिकरण धनुषा वितरण केन्द्रको कम्युटर अपरेटर हुन् । आइटीमा राम्रो दख्खल राख्ने राजीव र कमलाबीच फेसबुकको म्यासेन्जर मार्फत च्याटिङ हुन थाल्यो । साथी बनेको केही दिनमै राजीवले कमलालाई भेट्ने प्रस्ताव राखे, कमलाले पनि स्वीकार गरिन् ।

कमलालाई भेट्न काठमाडौँको पशुपतीनाथ मन्दिर पुगेका राजीवले पहिलो भेटमै कमलालाई अङ्गालो हाले अनी सेल्फी खिच्न भ्याईहाले । ‘मैले इन्कार गर्दा उनले पहिलो भेटमै अङ्गालो हालेर सेल्फी खिचेका थिए,’ कमलाले महानगरीय अपराध महाशाखामा दिएको जाहेरीमा भनिएको छ, ‘पहिलो भेटमै राजीवले मलाई मेरो पसलमा लैजान दबाब दिए, उनी मसँगै कस्मेटीक पसलमा पुगे ।’

पहिलो भेट त्यतिमै सकियो । त्यसपछि लगातार म्यासेज साटासाट हुँदाहुँदै कमला र राजीवको सम्बन्ध विकास भएर यौनसम्बन्ध सम्म पुग्यो । विभिन्न होटलमा बोलाइएर राजीवले कमलासँग यौन सम्बन्ध राखे, अनि कमलाको अश्लिल फोटो खिच्दै कलेक्सन गर्न थाले । राजीवले आफ्ना आपत्तिजनक फोटोहरु खिचेको र कलेक्सन गरेको कुरामा कमलाले खासै वास्ता गरिनन् । जब कमलाको श्रीमान् विदेशबाट फर्किए, त्यसपछि परिस्थीतिले नयाँ मोड लियो ।

श्रीमान् नेपाल फर्केपछि राजीवलाई पहिलेजस्तो समय दिन र होटलमा गएर सँगै बस्न कमलाको समय मिलेन, तर राजीवले पहिलेजस्तै ब्यवहारको आशा गरिरहे ।

कमलाले आफ्नो प्रस्ताव अस्वीकार गर्न थालेपछी राजीवले फेसबुकको म्यासेन्जरमा अनर्गल म्यासेज पठाएर तनाव मात्रै दिएनन्, उनका आपत्तिजनक फोटो सार्वजनिक गरिदिने धम्की दिन थाले ।

‘मेरो फेसवुक एकाउन्टको कमेन्ट बक्समा आपत्तिजनक फोटाहरु राखेर मानसिक तनाव दिए,’ कमलाले आफ्नो जाहेरीमा लेखेकी छिन्, ‘कमेन्ट बक्सको फोटो हटाउने बहानामा पनी राजीवले पटक–पटक मेरो अस्मिता लुट्न थालेपछि मैले श्रीमानसँग ढाँट्न सकिँन, त्यसपछी हामी प्रहरीको शरणमा आईपुग्यौँ ।’

कमलाको जोहरीले पक्राउ परेका राजीव कर्ण अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । ‘राजीव कर्णलाई विद्युत्तिय कारोवार ऐन अन्तर्गत म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) मोहन थापा भन्छन्, ‘कर्णले एउटी नारीलाई ब्ल्याकमेलिङ गरेर धेरै नै प्रताडना दिएको देखिन्छ ।’

कर्णले ब्ल्याकमेलिङ गर्दै कमेन्ट बक्समा राखेको अश्लिल तस्बिरहरु हटाउनका लागी पैसा समेत मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले एकपटक १२ हजार लिएपछि एउटा फोटो हटाउने बताएपनि नहटाएपछि कमलाले आत्महत्याको प्रयास समेत गरेकी थिइन् । कमलाले दुई पटक आत्महत्याको प्रयास गरेपछि छोरीको माध्यमबाट उनका श्रीमानले घटना थाहा पाएका थिए । त्यसपछि श्रीमान समेतलाई साथमै लिएर गएको चैत्र ९ गते कमला अपराध महाशाखामा जाहेरी सहित पुगेको रातो पाटीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९