‘कोठी’ चलाउने नुवाकोटका कांग्रेसी वडाअध्यक्षलाई थुनामा नराख्न सर्वोच्चले दियो यस्तो फैसला



हाम्रो इकोनोमि

चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो।

नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो।

सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए। १० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ।

यसपछि गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो।

तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। उनी विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सुनबहादुरका बाबुको नाम र स्थायी ठेगाना फरक रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ। पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो।

सुनबहादुर अर्थात् पैसा र ‘पावर’

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनी विरुद्ध मुद्दा दायर भएको थियो।

तर, फरार रहँदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनी विरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए।

वेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफू विरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...