ओलीलाई धारे हात लगाएर सराप्ने राजपाका नेताले ओलीकै अभिभाबकत्वमा पार्टीको बर्थडे मनाउदै



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भोलि (शुक्रबार) दोस्रो स्थापना दिवस मनाउँदैछ। गत वर्ष बैशाख ७ गते मधेशी मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर राजपा गठनको घोषणा गरिएको थियो।

एक वर्षभित्र अधिवेशन गर्ने भने पनि राजपाले अधिवेशन गर्न सकेको छैन। स्थापनाकै दिन बनाइएको अध्यक्ष मण्डलले नै पार्टीको नेतृत्व गर्दैछ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपचारका क्रममा दिल्लीमा छन्। ठाकुरलाई मंगलबार आइसीयूबाट क्याविनमा सारिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको ठाकुरसँगै दिल्ली पुगेकी सांसद चन्दा चौधरीले बताइन्।

चौधरीका अनुसार ठाकुर स्वस्थ हुन केही दिन लाग्नेछ।

यता राजपाका महासचिव केशव झाले पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताए। स्थापना दिवसको अवसरमा स्वागत तथा सांस्कृतिक कार्यक्रम समेत राखिएको उनले जनकारी दिए।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...