तीन घण्टा बसे ओली र प्रचण्ड चिया प्युदै,आज पनि ताल उही रात भरी रुङ्ग्यो बुढी ज्यूदै



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको वार्तापनि विना निष्कर्ष टुङ्गिएको छ।

विवादित तीन विषय टुङ्ग्याउन ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि झण्डै ३ घण्टा वार्ता भएको थियो।जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान दृष्टिकोण बनाउन ओली र प्रचण्ड वार्तामा जुटेका थिए।

एकता संयोजन समितिको ४ बैशाखको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डलाई दिए बमोजिम उनीहरुबीच आज वार्ता भएको हो।
दुई शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो।
तर आजको वार्ताले संयोजन समितिको बैठकको मिति तय गर्न नसकेकाले उनीहरुबीच विवादित विषयमा अझै सहमति नजुटेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...