आफु संग सन्किएका मधेशी नेतालाई ओलीले मधेश पुगेरै दिए यस्तो दनक,मधेशमा ओलीको जय-जयकार



हाम्रो इकोनोमि

चार वर्षपछि पहिलो पटक मधेश झरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा आफ्नो विरोध भएपनि सबैभन्दा बढि मत आफ्नो पार्टीले नै ल्याएको दाबी गरे ।

सिरहाको कल्याणपुर नगरपालिका–११ का दुई दलित बच्चाको अभिभावकत्व ग्रहण गर्न आएका प्रधानमन्त्री ओलीले भने, ‘सबैले मलाई मधेश विरोधी भन्छन् तर मधेशको जिल्लाबाट सबैभन्दा बढी मत मैले नै ल्याएको छु । जनताले साथ दिए कसैले विरोध गरेर पनि केही हुँदैन ।’

मधेशमा विरोधको नाममा विरोध हुने गरेको प्रवृति बढ्दै गएको पनि उनले धारणा राखे ।

उनले त्यहाँ मधेशी नेताहरुको आलोचना समेत गर्न भ्याए । उनले भने, यहाँ (मधेश) का नेताले राजनीतिभन्दा विकास र शिक्षामा मेहेनेत गरे जनताको पक्षमा बढी फाइदा हुन्छ, तर ती नेताहरुले त्यस्तो गर्नुहुन्न ।’

जुन ठाउँमा ६१ जनाले पनि अक्षर चिन्दैनन्, त्यो ठाउँमा राजनीति दलका नेताहरु चिप्ला कुरा गर्ने गरेको टिप्पणी गर्दै उनले ती चिप्ला कुरा गर्ने नेतालाई जनताले कसरी बुझ्ने भनि प्रश्न गरे ।

सिरहामा अनेकौं किसिमका कुसंस्कारहरु छन् जसले सिरहाको पछ्यौटेपनलाई यहाँका नेताहरुले हटाउन नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हिमाल देखिने विकट जिल्लामा ९६÷९७ प्रतिशत साक्षरता छन् तर मधेशमा जहाँ बाटोघाटो र सहज रुपले विद्यालय पुग्न सक्ने अवस्था छ त्यहाँ १०० जनामा ६१ जनाले अक्षर नचिन्ने कहालीलाग्दो अवस्था छ, यसको दोष कसले लिने ?’

आफूलाई दुनियाँले कुरा मात्र गर्ने व्यक्तिको रुपमा लिएको चर्चा गर्दै अब आफूले काम गरेर देखाउने बताएका छन् ।

मधेशमा हरेक हिउँदमा मान्छे मरेको भन्ने सुनिन्छ, तर वैशाख १ गते रारामा जाँदा २÷३ डिग्री सेल्सियस चिसो हुँदा पनि मान्छे मरेको आफूले नसुनेको उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...