कर्मचारीलाई मन्त्री विनाले दिईन यस्तो चेतावनी, तलब खाएपछि काम गर्नुस, होईनभने घर जानुस



मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् ।जनताको सेवामा अबरोध पुर्‍याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्दि्रत हुनुपर्ने बताएकी हुन् ।

 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताका अपेक्षाहरु पूरा गर्ने बताइन् । ‘देशले अहिले विगतको भन्दा फरक भूमिका मागेको छ । सिस्टम, पद्दति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ,’ मन्त्री मगरले भनिन्,’हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुपर्‍यो । सरकार र हाम्रो मन्त्रालयप्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुपर्‍यो ।’

जनताको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानीको व्यवस्थापनका लागि मन्त्रालयको टिमले सामुहिक रुपमा लाग्नुपर्ने उनको भनाइ छ । विकसित र समृद्ध नेपालको पहिलो आधार खानेपानी र सरसफाइ हो । यसको जिम्मेवारी हामीले लिएका छौं,’ उनले भनिन्, ‘अहिले हरेक जनताले हाम्रो मन्त्रालयलाई, तपाईंहरुलाई, मलाई हेरिरहेका छन्, मौलिक अधिकार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हामीमा तेर्सिएको छ ।’

मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजिकरण गर्न आफू प्रतिवद्ध रहेको मन्त्री मगरले बताइन् । ‘अहिलेको सरकार हिजोको जस्तो सरकार होइन, जनताको म्यान्डेड प्राप्त सरकार हो । यही अनुसार जनताले अपेक्षा गरेका छन् ।’ उनले भनिन् ।

खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने मन्त्री मगरको भनाइ छ।
कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गरेकी छन् ।कार्यक्रममा काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य, खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९