वायु प्रदुषणका कारण हुने मृत्युदर नेपालमा दक्षिण एसियाकै उच्च, यसकारण हुन्छ मुत्यु



दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ ।हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेटि्रक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ बि्रटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ ।

 

यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ २०७ एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ एक लाख मृत्युमा वायु प्रदुषणका कारण ११४ छ ।नेपालमा वायु प्रदुषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।

सन् २०१६ मा नेपालमा ३५ हजार ८८६ जनाको मृत्यु वायु प्रदुषणका कारण भएको मानिन्छ ।यो दर सबैभन्दा बढी अफगानिस्तानमा छ । त्यहाँ प्रति एक लाख मृत्युमा ४०६ वायु प्रदुषणका कारण हुन्छ । पपुवा न्यूगिनीमा यो दर ३२२ रहेको पाइएको छ ।

नेपालको हावा अति प्रदुषित

अध्ययनअनुसार नेपालमा वायु प्रदुषण -पीएम २.५) को मात्रा दक्षिण एसियाकै दोस्रो उच्च पाइएको छ । पीएम २.५ आखाले देख्न नसक्ने प्रदुषणका काण हो, जसबाट क्यान्सर लगायतका थुप्रै रोगको संक्रमण हुन्छ ।

प्रतिवेदनअनुसार बंगलादेशमा छ प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र १०१ मिलिग्राम छ ।
नेपालमा ७६ मिलिग्राम पाइएको छ । भारत र पाकिस्तानमा ७६ मिलिग्राम छ । चीनमा ५६ मिलिग्राम छ । सबैभन्दा बढी प्रदुषित हावा उत्तर अफि्रकामा छ ।

जबकी विश्व स्वास्थ्य संगठनका अनुसार प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र २० मिलिग्राम हुनुपर्छ । तर, नेपालमा झण्डै चार गुणा बढी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा

        चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी

काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, निषेधित क्षेत्र तोड्न नदिने

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको

सशान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : राजेन्द्र लिङ्देन

    राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान

निषेधित क्षेत्रमा प्रदर्शन गर्दै राप्रपा

    राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आजबाट सशक्त आन्दोलनमा होमिएको छ