वायु प्रदुषणका कारण हुने मृत्युदर नेपालमा दक्षिण एसियाकै उच्च, यसकारण हुन्छ मुत्यु



हाम्रो इकोनोमि

दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ ।हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेटि्रक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ बि्रटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ ।

 

यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ २०७ एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ एक लाख मृत्युमा वायु प्रदुषणका कारण ११४ छ ।नेपालमा वायु प्रदुषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।

सन् २०१६ मा नेपालमा ३५ हजार ८८६ जनाको मृत्यु वायु प्रदुषणका कारण भएको मानिन्छ ।यो दर सबैभन्दा बढी अफगानिस्तानमा छ । त्यहाँ प्रति एक लाख मृत्युमा ४०६ वायु प्रदुषणका कारण हुन्छ । पपुवा न्यूगिनीमा यो दर ३२२ रहेको पाइएको छ ।

नेपालको हावा अति प्रदुषित

अध्ययनअनुसार नेपालमा वायु प्रदुषण -पीएम २.५) को मात्रा दक्षिण एसियाकै दोस्रो उच्च पाइएको छ । पीएम २.५ आखाले देख्न नसक्ने प्रदुषणका काण हो, जसबाट क्यान्सर लगायतका थुप्रै रोगको संक्रमण हुन्छ ।

प्रतिवेदनअनुसार बंगलादेशमा छ प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र १०१ मिलिग्राम छ ।
नेपालमा ७६ मिलिग्राम पाइएको छ । भारत र पाकिस्तानमा ७६ मिलिग्राम छ । चीनमा ५६ मिलिग्राम छ । सबैभन्दा बढी प्रदुषित हावा उत्तर अफि्रकामा छ ।

जबकी विश्व स्वास्थ्य संगठनका अनुसार प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र २० मिलिग्राम हुनुपर्छ । तर, नेपालमा झण्डै चार गुणा बढी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...