चरो मुसो पनि कुद्न नदिने गरी यातायात व्यवसायीले अनिश्चितकालीन बन्दको घोषणा गरे,सरकारले खाता रोकिदियो



हाम्रो इकोनोमि

सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

यता सरकारले सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी, संघ तथा समितिहरुको बैंक खाता रोक्ने चेतावनी दिएको छ ।

‘आवश्यक परे सिण्डकेटको पक्षमा रहेका यातायात व्यवसायीको बैंक खाता सरकारले रोक्न सक्छ, यसबारे अध्ययन भइरहेको छ’ प्रधानमन्त्री कार्यलय उच्च स्रोतले भन्यो ‘राज्यको नियम मान्दिन भन्नेलाई राज्यले उचित कारवाही गर्छ ।’

सरकारको निर्णयअनुसार यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयहरुका दर्ता गरेर व्यवसायिक कारोबार गर्दै आएका ३ सय भन्दा बढी यातायात समितिको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ ।

सरकारले सिण्डिकेट तोड्ने निर्णय गरेपछि व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गर्ने धम्की दिँदै आएका छन् । यसअघि सरकारले यातायातसम्वन्धी समितिहरु खारेज गर्दै जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री कार्यलय अन्र्तगतको सम्पत्ति शुद्धीकरण विभागमार्फत उनीहरुका सबै बैंक खाता र आर्थिक कारोबार रोक्ने र व्यवसायीको आर्थिक स्रोतमाथि पनि छानबिन गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...