सिन्डिकेट हटाउने ओली सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आक्रामक,ओलीलाई घेर्ने यस्तो छ योजना



हाम्रो इकोनोमि

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम अघि सारेका हुन्। उनीहरुले ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने र वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोण सभा गर्ने जनाएका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले वैशाख १२ र १३ गते तालिका फ्री छाड्ने तथा १४ र १५ गते क्यू फ्रि छाड्ने जनाएका छन्। वैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने उनीहरुको तयारी छ।

सरकारले आफ्ना माग सुनुवाई नभए वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरुको योजना छ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...