प्रधानमन्त्रीको आदेश पछी मध्यराति क्यासिनोमा छापा,नेपालीलाई जुवा खेलाएपछी सिईओ र एमडीसहित ८ पक्राउ



हाम्रो इकोनोमि

माजोङ क्यासिनोमा छापा हानी प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
नेपालीलाई जुवा खेलाएको आरोपमा क्यासिनोका सिईओ, मेनेजर सहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार राती ११ः२० मा प्रहरीले होटल सोल्टीमा रहेको क्यासिनोमा छापा हानेको हो। क्यासिनोमा जुवा खेलिरहेका ६ नेपालीलाई पक्राउ गरी मेनेजरहरुलाई समेत नियन्त्रणमा लिइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

पक्राउ पर्नेहरुमा सिईओ ओम कर्माचार्य, एमडि बिनोद श्रेष्ठ छन्। पक्राउ परेका जुवाडेहरुमा अरुण सेढाई, बिकप्प पोखरेल, शंखर पौडेल, तेन्जिङ मेलेक, सांङ्गे पासङ ठकुरी र रञ्जित खड्गी छन्।
उनीहरु विगतमा पनि जुवामा पटक पटक पक्राउ परेका व्यक्तिहरु हुन्।

क्यासिनोमा नेपालीलाई जुवा खेलाउन निषेध छ। तर, आम्दानी बढाउन क्यासिनो सञ्चालकहरुले नेपालीलाई पनि प्रबेश दिने गरेका छन्। क्यासिनोमा नेपालीलाई जुवा खेलाएमा क्यासिनोको लाइसेन्स नै खारेज हुने प्रावधान छ। श्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको आदेशमा प्रहरीले त्यहाँ छापा मारेको हो।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...