तपाई कुन ग्यास प्रयोग गर्नुहुन्छ?यी आठ ग्यास उद्योगले मात्र लिए गुणस्तर चिह्न,अरु समस्याग्रस्त



हाम्रो इकोनोमि

नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ।
नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन्। गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्योग नवलपरासी र मारुती ग्यास सुनसरी छन्।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उत्पादन र गुणस्तरसम्बन्धी आवश्यक कागजात पूरा गरेका ग्यास उद्योगलाई गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिए। विभागले गत पुसमा गुणस्तर चिह्न नलिएका ग्यास उद्योगमाथि निगरानी बढाएपछि गुणस्तर चिह्न लिने उद्योगको संख्यामा वृद्धि भएको महानिर्देशक पुडासैनी बताउँछन्।

कोशी ग्यास र रिजल्को ग्यास मोरङ, श्रीराम ग्यास, ओम ग्यास, भानु ग्यास र गीता ग्यास धादिङ, जगदम्बा ग्यास, नेपाल ग्यास नारायणी र अम्बर ग्यास बारा, मनकामना ग्यास नेपालगञ्ज, सगरमाथा ग्यास, सूर्य ग्यास र चन्द्रेश्वरी ग्यास काभ्रे र पञ्च महालक्ष्मी ग्यास तथा त्रिशूल ग्यास रुपन्देही गुणस्तर चिह्न लिने अन्तिम चरणमा छन्।

यसैगरी विभागले नोबेल ग्यास धनुषा, नमिते ग्यास, सिद्धार्थ ग्यास, काब्सन्स ग्यास र सत्यनारायण ग्यास धादिङ, गौरीशंकर ग्यास काभ्रे, सिद्धार्थ ग्यास र बुटवल ग्यास रुपन्देही, नारायणी ग्यास, उग्रचण्डी ग्यास, बाबा ग्यास चितवन, आरती ग्यास, राजधानी ग्यास नवलपरासी, एभरेष्ट ग्यास काठमाडौँ, गृहलक्ष्मी ग्यास र शक्ति ग्यास कास्कीलाई अनुगमन गरी गुणस्तर चिह्न लिन आग्रह गरेको छ ।

यसैगरी पाथिभरा ग्यास, पराजुली ग्यास, कन्काई ग्यास र मेची ग्यास झापा, त्रिवेणी ग्यास धादिङ, सुगम ग्यास र प्रिमा ग्यास सुनसरी, साहरा ग्यास मकवानपुर, भेरी ग्यास नेपालगञ्ज, सुपर ग्यास, लियो ग्यास बारा, रोयल ग्यास धनगढीलाई पनि गुणस्तर चिह्न लिन आग्रह गरेको छ । विभागले राप्ती ग्यास उद्योग दाङमा भने अहिलेसम्म अनुगमन गरेको छ्रैन । सबैलाई जानकारी दिन शेयर गरौ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...