प्रचण्डले ओलीको बिरोध गरे पछी एकता गर्ने भाखा सर्यो,कहिले लाई तोकियो एकताको अर्को मिति?



नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ ।
एकताका लागि थप गृहकार्य गर्नु भर्ने भन्दै तत्कालका लागि पार्टी एकता टरेको हो ।

कतिपय प्राविधिक विषयमा आवस्यक गृहकार्य नपुगेकोले वैशाख ९ गते पार्टी एकता घोषणा गर्न नसकिने निश्कर्षमा पुगिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलरवार झण्डै ४ घण्टा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा मिल्न नसकेको बिषयमा सहमतिको प्रयास भएको थियो । माओवादी सशस्त्र ‘जनयुद्ध’को उचित सम्वोधन, सम्मान जनक एकता, चुनाव चिह्न लगायत बिषयमा सहमति जुटन सकेको छैन ।

‘पार्टीको संगठनात्मक स्वरुप र पार्टीको सिद्धान्तको बिषयमा कार्यदलले तयार गरेका दुई प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ’ बैठकपछि श्रेष्ठले भने । एकता गर्दा केन्द्रदेखि तलसम्म सम्मानजनक एकता गर्नु पर्ने र त्यसका लागि ५० प्रतिशत हिस्सा पाउनु पर्ने माओवादीको दावी छ ।

नेता श्रेष्ठले पार्टी एकता गर्ने बिषयमा दुबै दल सैद्धान्तिक रुपमा सहमति भइसकेकोले विवादित विषय नै नभएको दावी गरे । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका सदस्यहरु उपस्थित थिए ।

यस्तै एमालेका तर्फबाट बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।
संयोजन समितिको बैठकअघि ओली र प्रचण्डबीच सोमवार एक्ला एक्लै वार्ता भएको थियो । सोमवार नै एमाले स्थायी कमिटी बैठकमा ९ गते नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

गणतन्त्र दिवस अगावै घोषणा !

कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर ९ वैशाखमै पार्टी एकता गर्ने दुई पार्टीको तयारी थियो । ९ वैशाखको मिति टरेपनि गणतन्त्र दिवस (जेठ १५) अगावै पार्टी एकता हुने नेताहरुले दाबी गरे ।

‘वैशाख ९ मा नभएपनि गणतन्त्र दिवस अगावै पार्टी एकता गर्ने सहमति भएको छ’ माओवादी स्रोतले भन्यो । बैठकमा माओवादीले कतिपय बिषयमा एमालेसँग थप स्पष्ट हुन खोजेको थियो ।

एमाले स्रोतका अनुसार प्रचण्डले एकता महाधिवेशनपछि आफू अध्यक्ष बन्न पाउनु पर्ने र वामपन्थी गठबन्धन बनाउँदा भएको सहमति अनुसार दुई बर्ष प्रधानमन्त्री बन्न पाउनु पर्ने कुराको सुनिश्चितता खोजेका छन् ।

प्रधानमन्त्री ओलीले सचिव सरुवा गर्दा एकलौटी गरेको तथा भारत भ्रमणको बिषयमा परामर्श नगरेको भन्दै माओवादी शशंकित भएको थियो ।

चुनावपछि पार्टी एकता गर्ने भन्दै असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका एमाले माओवादीले चुनावमा उत्साहपूर्ण नतिजा ल्याएका थिए । तर एमालेले सरकारमा एकलौटी गर्न खोजेको भन्दै माओवादीका भातृ संगठनले सम्मानजनक एकता गर्न अध्यक्ष प्रचण्डाको ध्यानाकर्षण गराएका थिए ।

जनमतको कदर गर्न र नेपालमा एउटै कम्युनिष्ट पार्टी स्थापना गर्न भन्दै उनीहरुले पार्टी एकीकरणको गृहकार्य गरिरहेका छन् । दुइदलबीच मिल्न नसकेका बिषय महाधिवेशनबाट टुंगाउने गरी फागुन ७ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्