एकताको हलो अड्कियो,ओली र प्रचण्डले नै यसरी चुटे गोरु,बैशाख ९ गते हुने एकता तुहियो



नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ गते हुने भनिएको पार्टी एकता पछि सर्ने देखिएको छ ।

मिल्न बाँकी विषयमाथिको छलफलले सघन रुप निलिएका कारण निर्धारित मिति वैशाख ९ मा पार्टी एकता घोषणा हुने सम्भावना लगभग सकिएको हो ।

सोमबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री र माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलपछि मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा छलफल भए पनि त्यसले पूर्णता पाउन सकेन ।

बैठकमा पार्टी एकताका लागि मस्यौदा बनाउन बनाइएको दुवै पार्टीका कार्यदलले अध्यक्षलाई प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदनमाथि दुई अध्यक्ष ओली र प्रचण्डले अध्ययन गरेर छलफल गर्नु पर्ने भएकाले एकता प्रक्रिया लम्बिने देखिएको बैठकमा सहभागी नेताले बताएका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यसपछि विभिन्न कार्यक्रमको व्यस्तता तथा प्रचण्डको पनि व्यस्तताका कारण छलफलमा ढिलाइ हुँदा पनि तोकिएको वैशाख ९ मा एकताको औपचारिक घोषणा नहुने देखिएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको र अब फाइनल टच दिन मात्रै बाँकी रहेको कार्यदलका सदस्य तथा एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए ।

यस्तै कार्यदलका सदस्य तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूहरुले प्रतिवेदन बुझाएको र केही विषयमा अझै छलफलको खाँचो रहेको प्रतिक्रिया दिएका छन् ।

एकताको हलो अड्किएको मानिएको पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने र केन्द्रीय समिति र पार्टीका अरु निकायमा दुई पार्टीको अनुपात बारे मंगलबारको एकता संयोजन समितिको बैठकमा छलफल भएको बुझिएको छ ।

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल सहभागी थिए ।

दुई पार्टी बिच जनयुद्ध र संयोजित पार्टीमा आफ्नो अनुपातसहित चुनाव चिन्हको बारेमा पनि कुरा मिल्न सकेको छैन । मंगलबार नै दुवै पार्टीमा आन्तरिक छलफल हुने र शीर्ष नेताबिच पनि छलफल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक