एकताको हलो अड्कियो,ओली र प्रचण्डले नै यसरी चुटे गोरु,बैशाख ९ गते हुने एकता तुहियो



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ गते हुने भनिएको पार्टी एकता पछि सर्ने देखिएको छ ।

मिल्न बाँकी विषयमाथिको छलफलले सघन रुप निलिएका कारण निर्धारित मिति वैशाख ९ मा पार्टी एकता घोषणा हुने सम्भावना लगभग सकिएको हो ।

सोमबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री र माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलपछि मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा छलफल भए पनि त्यसले पूर्णता पाउन सकेन ।

बैठकमा पार्टी एकताका लागि मस्यौदा बनाउन बनाइएको दुवै पार्टीका कार्यदलले अध्यक्षलाई प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदनमाथि दुई अध्यक्ष ओली र प्रचण्डले अध्ययन गरेर छलफल गर्नु पर्ने भएकाले एकता प्रक्रिया लम्बिने देखिएको बैठकमा सहभागी नेताले बताएका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यसपछि विभिन्न कार्यक्रमको व्यस्तता तथा प्रचण्डको पनि व्यस्तताका कारण छलफलमा ढिलाइ हुँदा पनि तोकिएको वैशाख ९ मा एकताको औपचारिक घोषणा नहुने देखिएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको र अब फाइनल टच दिन मात्रै बाँकी रहेको कार्यदलका सदस्य तथा एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए ।

यस्तै कार्यदलका सदस्य तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूहरुले प्रतिवेदन बुझाएको र केही विषयमा अझै छलफलको खाँचो रहेको प्रतिक्रिया दिएका छन् ।

एकताको हलो अड्किएको मानिएको पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने र केन्द्रीय समिति र पार्टीका अरु निकायमा दुई पार्टीको अनुपात बारे मंगलबारको एकता संयोजन समितिको बैठकमा छलफल भएको बुझिएको छ ।

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल सहभागी थिए ।

दुई पार्टी बिच जनयुद्ध र संयोजित पार्टीमा आफ्नो अनुपातसहित चुनाव चिन्हको बारेमा पनि कुरा मिल्न सकेको छैन । मंगलबार नै दुवै पार्टीमा आन्तरिक छलफल हुने र शीर्ष नेताबिच पनि छलफल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...