सर्वेन्द्र खनाल पछीको आइजी हुन अहिल्यै बाट गाँड कोराकोर,को-को बिच हुदैछ अर्कालाई सिध्याउने खेल?



हाम्रो इकोनोमि

सरकारले विवादरहित ढंगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व चयन गरेको छ । यसपटक विगतमा जस्तो मुद्दा मामिला पनि भएन । सानो चित्त राखेर रमेश खरेलले राजिनामा दिए पनि आईजीपीका अर्का प्रमुख दाबेदार पुष्कर कार्कीले खुला दिलले आईजीपीमा बढुवा भएका ब्याचमेट सर्वेन्द्र खनाललाई बधाई शुभकामना दिए ।
आईजीपी बढुवासँगै प्रहरीमा एआईजीलगायत रिक्त पदहरुमा बढुवा प्रक्रिया सुरु भएको छ । बढुवाको तयारीसँगै अब संगठनको नयाँ आईजीपीको हिसाब किताब पनि सुरु भएको छ ।

सर्वेन्द्र खनाल र उनीसँगै भर्ना भएका दर्जन प्रहरी अधिकारीले २०७६ साल माघ २९ गते ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । त्यसपछि आईजीपीका दाबेदारमा अहिलेको एसएसपीहरु तारिणीप्रसाद लम्साल, सूर्यप्रसाद उपाध्यय र ठाकुर ज्ञवाली हुनेछन् । उनीहरु २०४७ साल असार २५ गते भर्ना भएका हुन् । तीनमध्ये लम्साल र ज्ञवाली व्यवसायिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भिटो प्रयोग गरेर एसएसपीमा बढुवा भएका व्यक्ति हुन् । त्यसकारण भावी आईजीपीमा लम्साल र ज्ञवालीको प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ । दुवै जना भद्र र शालिन प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

उनीहरुमध्ये जो डिआईजी बढुवामा पहिलो हुन्छ उही नै भावी आईजीपी हुने सम्भावना छ । त्यसकारण डिआईजी बढुवामा पहिलो नम्बरमा पर्न उनीहरु दौडधुपमा लागिसकेका छन् । उनीहरुको ब्याचबाट आईजीपी भएमा ५ महिना मात्र हुनेछन् ।
त्यसपछि शैलेश थापा, निरज शाही, प्रद्युम्न कार्की, हरि पाललगायत अधिकारी आईजिपीको लाइनमा हुनेछन् ।
तर, केही प्रहरी अधिकारीहरु ३० वर्षे सेवाहद हटाएर आफ्नो जागिर लम्ब्याउने नीतिमा लागेका छन् । जो प्रहरी नेतृत्वमा पुग्छ उसले आफ्नो ब्याचलाई मात्र केन्द्रित गरेर नीति बनाउन लबिङ गर्ने परिपाटी छ । अहिले पनि त्यो लबिङ देखिएको छ । समग्र प्रहरीलाई न्यायोचित हुने गरी प्रहरीको अवकाश नीति बनाउनुपर्नेमा धेरैले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...