अमेरिकी नागरिक रबि लामिछानेलाई गृह मन्त्रालयले सिस्नुपानी लगाउने,रविले यस्तो गरे अपराध



हाम्रो इकोनोमि

नेपालमा पत्रकारिता गर्दागर्दै रबि लामिछाने अमेरिका हानिए । अमेरिकाबाट नेपाल फर्किएपछि फेरि पत्रकारितामा नै फर्किए । त्यतिबेलासम्म उनलाई थोरैले मात्र चिन्थे । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटा प्रस्ताव लिएर गए । लाइभ टेलिभिजन सोमा सिधा जनताका प्रश्नका प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम चलाउने । लामिछानेको प्रस्तावमा ओली राजी भए । नेपाल टेलिभिजनमा सुरु भयो कार्यक्रम– सिधा कुरा प्रधानमन्त्रीसँग । कार्यक्रम लोकिप्रिय भयो ।
अकस्मात सरकार फेरियो । कांग्रेसको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्डसँग उनले सो कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव राखे । तर, स्वतन्त्र पत्रकारलाई प्रचण्डले विश्वास गरेनन्, आफ्नै पार्टीका पत्रकारलाई राखेर सो कार्यक्रम चलाए ।
आफूले सिर्जना गरेको कार्यक्रम अरुलाई सुम्पिएर लामिछाने बिदा भए । प्रचण्डले उक्त कार्यक्रमबाट उनलाई निकाल्नु नै उनको जीवनमो टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

त्यसपछि न्यूज २४ टेलिभिजनमा उनले जनतासँग सिधा कुरा जनतासँग सुरु गरे । जनताका कुरा सम्बन्धित निकायसम्म पु¥याउन थाले । मिठो स्वरमा निकै आक्रामक शैलीमा कार्यक्रम चलाउने उनको शैली निकै हिट भयो । उनकै कार्यक्रमकै कारण कतिपय हिरासतमा पुगे, कतिपयको जागिर गयो । धेरै पीडितहरुले न्याय पाए । जनताको नजरमा अहिले देशका सबैभन्दा लोकप्रिय पत्रकार बन्न पुगेका छन् ।
लोकप्रियता बढेसँगै समस्या पनि बढ्न थाल्यो । कानुनतः उनी अमेरिकी नागरिक हुन् । अमेरिकाको पिआर लिइसकेका छन् । कुनै पनि बिदेशी नागरिकले नेपालमा बसेर काम गर्न अनुमती लिनुपर्छ । त्यो कुरा लामिछानेलाई पनि थाहा थियो । त्यसकारण उनले अध्यागमन विभागबाट वर्किङ भिसा लिए ।

तर, वर्किङ भिसाको मापदण्डमा यस्तो कार्यक्रम चलाउन मिल्ने प्रावधान छै्न । जसकारण केही व्यक्तिहरुले उनीविरुद्ध उजुरी गरेका छन् । हेलो सरकारमा गरेको उजुरीका आधारमा गृह मन्त्रालयले उनीमाथि छानबिन गर्न अध्यागमन विभागलाई २ महिनाअघि पत्राचार गरेको थियो । सोही अनुसार विभागले उनीमाथि छानबिन गरेको छ । स्रोतका अनुसार विभागका अधिकारीले उनलाई बोलाएर सोधपुछ गरेका थिए । लोकप्रिय व्यक्ति भएकाले उनले वर्किङ भिसााको नियमविपरीत गतिविधि नगरेको भन्दै गृह मन्त्रालयमा प्रतिवेदन पेश भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारका केही व्यक्तिहरुले उनलाई फसाउन समेत खोजेका थिए । तर, केपी ओली नेतृत्वको सरकार बनेपछि लामिछाने ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...