भारतीय दूतावासको सम्पर्क कार्यालय परिषरमा शक्तिसाली बम बिष्फोट,आत्तिदै प्रहरी प्रमुखले यस्तो भने



हाम्रो इकोनोमि

विराटनगर–१३ स्थित मलाया रोडमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय परिषरमा सोमबार राति बम विस्फोट भएको छ ।सीमा क्षेत्र जोगबनीबाट करिब ३ किलोमिटर उत्तरमा अवस्थित उक्त भवनको पश्चिमपट्टिको कम्पाउण्ड वालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

प्रहरी प्रमुख अरुण बिसीका अनुसार विस्फोटको समयमा ठूलो आवाज आएको थियो। । बेलुका करिब सवा आठ बजे भएको सो घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको उनले बताएका छन् । तथापी घटनामा संलग्नको खोजी जारी रहेको उनको भनाई छ । स्थानीय प्रत्यक्षदर्शीले भने, ‘राती दुईजना मोटरसाइकलमा आएका व्यक्तिले भवनलाई लक्षित गर्दै विस्फोट गराएका हुन् ।

हाल घटनास्थलमा प्रहरीको ठूलो समूह परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख बिसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...