भारतीय दूतावासको सम्पर्क कार्यालय परिषरमा शक्तिसाली बम बिष्फोट,आत्तिदै प्रहरी प्रमुखले यस्तो भने



हाम्रो इकोनोमि

विराटनगर–१३ स्थित मलाया रोडमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय परिषरमा सोमबार राति बम विस्फोट भएको छ ।सीमा क्षेत्र जोगबनीबाट करिब ३ किलोमिटर उत्तरमा अवस्थित उक्त भवनको पश्चिमपट्टिको कम्पाउण्ड वालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

प्रहरी प्रमुख अरुण बिसीका अनुसार विस्फोटको समयमा ठूलो आवाज आएको थियो। । बेलुका करिब सवा आठ बजे भएको सो घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको उनले बताएका छन् । तथापी घटनामा संलग्नको खोजी जारी रहेको उनको भनाई छ । स्थानीय प्रत्यक्षदर्शीले भने, ‘राती दुईजना मोटरसाइकलमा आएका व्यक्तिले भवनलाई लक्षित गर्दै विस्फोट गराएका हुन् ।

हाल घटनास्थलमा प्रहरीको ठूलो समूह परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख बिसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...