प्रधानमन्त्रीले गृहमन्त्री र आइजीलाई यसरी हाने लात,मन्त्रीको अधिकार खोसेर ओलीले किन गरे सिंहको सरुवा



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ। सरकारले गत आइतबार सिंहको महाशाखामा सरुवा गरेको हो।
एसएसपी सरुवाको अधिकार गृहमन्त्रालयको भएपनि मन्त्रीपरिषद्ले नै उनको सरुवा गरेको स्रोत बताउँछ। उनको काज सरुवा भएको हो।प्रधानमन्त्री केपी ओलीको इच्छामा उनको त्यहाँ सरुवा भएको हो।गृह मंत्री राम बहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई पत्तै नदीइ ओलीले उनलाई त्यहाँ खटाएका हुन्।

सिंह लामो समय काठमाडौं परिसरमा काम गरेकाले उनी यहाँको सुरक्षा चुनौतीबारे जानकार प्रहरी अधिकारी हुन्। हाल उनी संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत छन्।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो। सिंह लोहनीकै ब्याचमेट हुन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...