सडकको जग्गा कब्जा गरेर बनाईएका घरमा ओली सरकारले चलायो डोजर,३ सय ११ घर भए सोत्तर



लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढेको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले आज(मंगलबार)देखि सडकभित्र पर्ने भौतिक संरचनाहरूमा डोजर चलाएर भत्काउन शुरु गरेको छ ।

त्यसको तयारी स्वरुप सोमबार बुटवल मिलनचोकस्थित हेभी इक्प्युमेन्ट रहेको कार्यालयको पर्खाल भत्काइएको थियो । आयोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले मंगलबार बिहान १० बजेदेखि बुटवल राजमार्ग चौराहाबाट ८२ फूटभित्र परेका संरचनाहरू हटाउन शुरू गरेको बताए ।

श्रेष्ठले भने, ‘विभागीय मेसिनको प्रयोग गरिन घरहरू हटाउन शुरू गरेका छौँ । अवरोध गर्न खोजे सुरक्षाकर्मीहरू पनि तत्कालै आउनेछन् ।’

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो । सूचनाको मिति सोमबार सकिएको छ । यहाँ व्यवसायिक सटरहरू र अस्पतालहरू पनि सडक संरचनाभित्र परेका छन् ।

घरधनीहरूलाई बढी क्षति नहोस् भनेर सम्यमता अपनाउँदा पनि घरधनीले अटेर गरे डोजर चलाएर हटाउनुको विकल्प नभएको श्रेष्ठको भनाइ छ ।

विगत ३ वर्षदेखि सात/आठ पटक ८२ फुटभित्र परेका संरचनाहरू हटाउन सूचना जारी गरिएको थियो ।

आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूखहरू हटाइसकेको छ । ४ वर्ष अगाडि चार लेनमा निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउने दुई वर्ष अनुमति पाएको थियो । यहाँका ४२ जना घरधनीले आफूहरूका घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेका थिए ।

जसले गर्दा करिब १ वर्ष काम रोकिए पनि हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । तर,यहाँका सडक संरचनाभित्र घर बनाएका घरधनीहरू आफूहरूलाई उचित व्यवस्थापनको माग गर्दै बुटवलका आन्दोलन गर्न थालेका छन् ।

सडक विस्तारको जिम्मा ‘द’ कञ्चनजङ्घा बिरूवा जेभी कन्ट्रक्सन प्रालि, काठमाडौँले लिएको छ । गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो । ठेकेदार कम्पनीले हालसम्म ४ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ । आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले सडक विस्तार थाल्नुको विकल्प नभएको बताए । ‘अब हामी रोकिँदैनौँ । काम अगाडि बढ्यो ।

छिट्टो काम सकेर हस्तान्तरण गर्नुको विकल्प छैन’ मिश्रले भने । अहिले कायम रहेको सडकको दायाँबायाँ सर्भिस लेन थप गरिने योजना छ । त्यस्तै अहिलेको सडकमा १० सेन्टिमिटर कंक्रिट थपिने छ भने हाल रहेको नाली थप विस्तार हुनेछ । ६ मिटरको सर्भिसलेन र २ मिटरको फुटपाथ बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्