मिटर बिगारेर बढी भाडा लिने ट्याक्सी प्रहरीको निशानामा, एक घण्टामा सयभन्दा बढी कारवाहीमा



हाम्रो इकोनोमि

ललितपुर ट्राफिक प्रहरीले मिटर नचलाउन नमान्ने ट्याक्सीबिरुद्ध अभियान शुरु गरेको छ ।आमाको मुख हेर्ने दिनमा ट्याक्सीहरुले मिटर अनुसार गन्तव्यमा जान नमानेको, मोलमलाई गरेको र अत्याधिक रकम माग गरेको उजुरी परेपछि ललितपुर ट्राफिक प्रहरीले मंगलबारबाट एक महिना लामो अभियान नै शुरु गरेको हो ।आज बिहानबाट शुरु भएको अभियानमा एक घण्टामा २८ वटा ट्याक्सी कारवाहीमा परिसकेको छ ।

यद्यपि, प्रहरीलाई अभियान सञ्चालन गर्न सहज नभएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथु बताउँछन् । ‘ट्याक्सी ड्राइभरहरु निकै बाठो भइसकेका रहेछन् । सिभिल प्रहरीलाई पठाउँदा उनीहरुले सजिलै हाउभाउबाट ऊ प्रहरी हो भनेर पत्ता लगाउने भएकाले कारवाहीको दायरामा निकै कम मात्र आए,’ उनले भने ।त्यही भएर अहिले प्रहरीले नयाँ रणनीति अपनाएको छ । ‘हामीले खाली ट्याक्सीमा सिभिल प्रहरी पठाउने भन्दा पनि यात्रु बोकेर आएको ट्याक्सीलाई जाँच गर्न थालेका छाँै,’ हाछेथुले भने ।

 

ट्याक्सीको मिटर अन नभएको पाइए वा यात्रुसँग सोधपुछपछि ट्याक्सी ड्राइभरले मिटरमा गएको हो या होइन भन्ने यकिन गरेर कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

‘यात्रु ट्याक्सीमा बसेपछि चालकले अनिवार्यरुपमा मिटर अन गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तै यात्रु आफूले पनि मिटरमा जान नमानेर मोलमलाई गर्न पाइँदैन ।’

नियम अनुसार रिङरोडबाट दुई किलोमिटर बाहिरसम्म मिटर चलाउनु पर्ने अनिवार्य रहेको छ ।

 

सार्वजनिक यातायातमा साबिकभन्दा १ रुपैयाँ पनि बढी भाडा लिए ५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । तर, ट्याक्सीले १ सय रुपैयाँ पर्ने ठाउँमा ५ सयसम्म असुल्ने गरेको छ ।

ट्राफिक प्रहरीले कुनै पनि ट्याक्सीले मिटरमा जान माने तत्कालै महानगरीय ट्राफिक प्रहरीको १०३ वा ललितपुर ट्राफिक प्रहरीको ११०३ मा खबर गर्न अनुरोध गरेको छ । ‘जनतालाई ठग्ने ट्याक्सीमाथि पाँच मिनेट भित्र कारवाही हुन्छ,’ हाछेथुले भने । रातोपाटी

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...