प्रतिनिधी सभाका जेष्ठ सदस्य महन्थ ठाकुर दिल्लीको मेदान्त अस्पतालको आइसीयूमा भर्ना



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् ।
नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी गराए ।
रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । संयोजक ठाकुरसँगै दिल्लीमा रहेका कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएको थियो । एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको उनको भनाई छ ।

चैत ३० भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको बताइएको छ ।
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् ।
मधेश आन्दोलन, पार्टी एकीकरण तथा चुनावलगायतका विषयमा व्यस्त भएको कारण दिल्ली जान सकेका थिएनन् । डाक्टरसँग पटक पटक समय लिएपनि उनी व्यस्तताका कारण उपचारका लागि गएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...