सडकमै युवतीमाथि बलात्कार प्रयास, प्रतिरोध गर्दा ढुंगाले हानेर हत्या, प्रेमिकाको हत्या गर्ने काभ्रेबाट पक्राउ



काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गत राती साँढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

‘युवतीमाथि बलात्कार प्रयास भएको देखिन्छ’ एसएसपी पोखरेलले भने, ‘युवतीको नाम ठेगाना पहिचान हुन सकेको छैन, अनुसन्धान भइरहेको छ ।’गत राती साँढे ९ बजे स्थानियले खबर गरेपछी प्रहरी घट्नास्थल पुगेको थियो । टाउकोबाट रगतको भल नै बगेको अवस्थामा प्रहरीले युवतीलाई फेला पारेको थियो ।

युवतीको शरीरको तल्लो भागको कपडा घुँडासम्म खोलिएको अवस्थामा फेला परेको हुनाले उनीमाथि बलात्कार प्रयास भएको हुनसक्ने बताइएको छ ।बलात्कार प्रयास प्रतिरोध गर्दा ढुंगा प्रहार गर्ने युवाको पहिचान नजिक पुगेको एसएसपी पोखरेलले बताएका छन् । मृतक युवतीको शव पोष्टमार्टमा लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

यी युवा जस्ले प्रेमिकाले विवाहको लागि दबाब दिएपछि निर्मम ढंगले प्रेमिकाको हत्या गरे

युवतीको हत्या गरी फरार रहेका सुर्खेतका एकजना युवक काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको संयुक्त अनुसन्धानका क्रममा सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका सुवास बोहरा काभ्रेपलाञ्चोक जिल्लामा फेला परेका हुन्।

१९ वर्षीय सुवासले २०७४ पुस ४ गते राती सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईंको हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नुअघि सुवास काभ्रेपलाञ्चोक जिल्लाको भुम्ती गाउँपालिका–४, पोखरीचौबासमा मजदूरी गरी बसेको प्रहरीले जनाएको छ। चपाईंको हत्या गरेको भोलिपल्ट उनी सुर्खेतबाट लुकेर बस्ने मनसायले काभ्रेपलाञ्चोक गएको बयानका क्रममा बताएको प्रहरीले जानकारी दिएको छ।

मृतक गीता चपाईंको एक महिनापछि २०७४ माघ ९ गते पञ्चपुरी नगरपालिका–८, जामुने बनमा कंकाल फेला परेको थियो। प्रहरीका अनुसार उनको खोजी गर्ने क्रममा टाउकोको कंगाल, एउटा खुट्टाको हड्डी, कपाल, कपालमा लगाएको क्लिप, एक जोड कपडा, चप्पल फेला परेको थियो।

हत्या अभियोग लागेका सुवासलाई २०७४ चैत २८ गते काभ्रेमा पक्राउ गरिएको थियो भने २०७५ वैशाख १ गते सुर्खेत ल्याइएको हो। बयानका क्रममा उनले गीतालाई पुस ४ गते राती खोलामा धकेलेको बताएको प्रहरीले जनाएको छ।

उनलाई फोन र फेसबुकको विस्तृत विवरणका आधारमा पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदीले बताए।

पक्राउ परेका सुवासलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसरी जोडिएको थियो सम्बन्ध

प्रहरीसामू सुवासले दिएको बयानअनुसार, २०७४ वैशाख २८ गते अर्को युवतीका माध्यमबाट गीता र सुवासको चिनजान भएको थियो। त्यसपश्चात मृतक गीता चपाईं र अभियुक्त सुवास बोहराबीच निरन्तर फोन सम्पर्क हुँदै आएको थियो।

२०७४ असार ६ गते सुवास र गीताबीच पञ्चपुरी–२, सालकोटस्थित पलैटेमा पहिलोपटक प्रत्यक्ष रूपमा भेटघाट भएको थियो। हत्या भएको दिनको रातीसम्म दुवैजनाबीच पटकपटक भेटघाटका साथै शारिरीक सम्बन्ध भएको हुन सक्ने र सोही अवधिमा पटकपटक उनीहरूबीच झगडा समेत हुने गरेको सुवासले दिएको बयानका आधारमा प्रहरीको अनुमान छ।

शारिरीक सम्बन्धबाट अनिच्छित गर्भ रहन गएकोले गीताले बोहरालाई विवाह गर्न दबाब दिएको र विवाह नगरे जबर्जस्ती घरमा आउने वा आत्महत्या गर्ने धम्की दिँदै आएको सुवासले बयानका क्रममा बताएको प्रहरीले जनाएको छ।

हत्याको कारण

विवाह गर्न निरन्तर दबाब दिने गरेकै कारण सुवासले गीताको हत्या गर्ने योजना बनाएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार हत्या गर्ने योजना बमोजिम नै सुवासले गीतालाई २०७४ पुस ४ गते पटकपटक फोन गरी सालकोट वरिपरि नै भेट्न दबाब दिएका थिए।

प्रहरीका अनुसार सुवास गीतासँग विवाह गर्न भित्री मनदेखि इच्छुक नरहेको तर शारिरीक सम्बन्ध भने जारी राख्ने मनसायमा रहेका थिए।

बयान अनुसार सुवासले बोलाए अनुसार नै गीता पुस ९ गते राति ९ बजेपछि सालकोट बजारमा उनलाई भेट्न आएकी थिइन्। भेटपछि दुवैजनाबीच विवाहको विषयलाई लिएर विवाद भएको र सुवासले विवाह गर्ने आश्वासन दिई गीतालाई आफ्ना आफन्तको घरमा जाने आग्रह गरे।

गीताले आफन्तको घरमा जान नमानेर घरमै जाउँ भनी दबाब दिन थालेपछि खोल्सामा धकेलिदिएको सुवासले बयानका क्रममा भनेको प्रहरीले बताएको छ।

बयानका क्रममा सुवासले धकेलेको बताए पनि घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

हत्या गरेको भोलिपल्ट उनी वीरेन्द्रनगर आएर कालिञ्चोकस्थित माइजुको घरमा बसेको प्रहरीको भनाइ छ। त्यसपछि सोही दिन साँझ उनी काठमाडौंको नाइट गाडी चढेर काभ्रेपलाञ्चोक गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९

हेटौंडा-काठमाडौंको आधा दर्जन सडक अवरुद्ध

     हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन

झ्याप्ले खोलामा थप ३ शव भेटियो

    झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ ।