सनम शाक्य हत्याकाण्ड, को–को पक्राउ परे, ३८ जनाको सम्पत्ती रोक्का, हेर्नुहोस नाम सहित



हाम्रो इकोनोमि

३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् ।

सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको हो । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् ।

 

सुनकाण्डमा शाक्यको हत्या पश्चात घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको थियो । सहसचिव पौडेलको टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे । अदालतले सोही दिन नै बैंक खाता, जग्गालगायत सबै सम्पती रोक्का गर्न अनुमति दिएको थियो ।

को–को पक्राउ परे ? क–कसको रोकियो सम्पत्ती

गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनाविरुद्ध अनुसन्धानकालागि म्याद थप गरिएको छ । त्यसबाहेकका अन्य २१ जनामाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र सनन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका १७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ भने अन्य २१ जनाविरुद्ध पनि सोही मुद्दामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले धरानबाट ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

सनमको हत्या अांशकामा खोजी सूचीमा रहेका चुडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अदालतले अनुमति दिएको हो । उनीहरु सबै धरान, इटहरी, विराटनगर र झापा निवासी हुन ।

तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिनेक्रममा भरिया सनम शाक्यको मृत्यु भएको बताइन्छ । १९ फागुनमा सनमकोे शव राखिएको स्कारपियो गाडी विराटनगर–३ मा फेला परेको थियो । अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...