सर्बोच्च अदालतका प्रबक्ताले पत्रकार सम्मेलनमा भने-राति ९ बजे म मस्त हुन्छु मलाई फोन गरेर किन तनाब दिने?



सर्वोच्च अदालतले नयाँ वर्षसँगै हरेक दिन बेलुका ५ देखि साढे ५ बजेसम्म नियमित पत्रकार सम्मेलन सुरु गरेको छ ।
पत्रकार सम्मेलनको पहिलो दिन प्रवक्ता नारायणप्रसाद पन्थीले सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा फर्छ्यौट गरेका र बाँकी रहेका मुद्दाको संख्याबारे जानकारी दिए ।

मुद्दाको संख्याबारे बताएपछि पन्थीले पत्रकारलाई सर्वोच्चको सूचना लिनुपरेमा बेलुका ५ बजेपछि आउन आग्रह गरे । उनले टेलिफोनबाट आफूले सूचना दिन नसक्ने बताए ।

दिउँसोको समयमा आफू अदालतकै कामले व्यस्त हुने र कार्यालय समय सकिएपछि मात्रै सूचना दिन सक्ने भन्दै प्रवक्ता पन्थीले फोनबाट दिएको सूचना पत्रकारले नबुझेर जथाभावी समाचार आउने गरेको आरोपसमेत लगाए ।

‘साथीहरुले आदेशलाई फैसला र फैसलालाई आदेश भनेर लेखिरहेका हुन्छन्, यहाँ आएपछि सबै स्पष्ट हुन्छ’ पन्थीले भने ।

दिउँसो महत्वपूर्ण विषयमा मुद्दा दर्ता भएमा वा फैसला भएमा त्यसको सूचना लिन पनि ५ बजेसम्म नै कुर्नुपर्छ कि ? पत्रकारको प्रश्नमा प्रवक्ता पन्थीले भने ‘त्यस्तोबेलामा त झन् धेरै साथीहरुले फोन गर्नुहुन्छ, न्याय क्षेत्र बाहिरका पत्रकारले पनि फोन गर्नुहुन्छ, मैले भ्याउने सम्भावना हुँदैन ।’

सर्वोच्चमा प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका पन्थीले पत्रकारले आफ्नै स्टुडियोमा बसेर आफूसँग सर्वोच्चको सूचना पाउने सम्भावना नहुने बताए । ‘आफू स्टुडियोमा बसेर मसँग सूचना पाउने सम्भावना कम हुन्छ’ उनले भने ।
सूचना माग्दै आफूलाई जतिबेला पनि फोन आउने गरेको भन्दै पन्थीले राति ९ बजेसमेत फोन आएर हैरान हुने गरेको बताए । ‘एकजना साथीले राति ९ बजे फोन गर्नुभयो, म त्यस्तोबेलामा कहाँ हुन्छु ?’ उनले प्रश्न गरे ।

सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले सञ्चारकर्मीहरुसँग स्वच्छ न्यायिक संवाद कायम गर्ने सर्वोच्चको रणनीतिक योजना रहेको दाबी गरे ।

न्यायिक सूचनामा स्पष्टता र विश्वसनीयता कायम गर्न भन्दै उनले स्पष्ट सूचना चाहिएमा ५ बजेपछि अदालत आउनुपर्ने सुझाए ।‘कतिपय साथीहरुलाई हामीले चिनेका हुँदैनौं, नामकै आधारमा सूचना दिनुपर्ने हुन्छ’ उनले भने ‘गलत सूचना गएमा हामीले पनि जिम्मेवार निकायमा जवाफ दिनुपर्छ ।’

कालाखेतीले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको ग्याप ‘न्यारो डाउन’ गर्दै जाने बताए ।

असारदेखि ८ हजार मुद्दा फैसला

सर्वोच्च अदालतले ०७४ असारदेखि चैतसम्म ८ हजार ३ सय २४ मुद्दा फर्छ्यौट गरेको जानकारी दिएको छ ।
पुरानो बाँकी रहेका १९ हजार ६ सय ५ र गत आर्थिक वर्षभित्र दर्ता भएका ६ हजार ७ सय ५६ मुद्दा गरी २७ हजार ९ सय २९ मुद्दामध्ये ८ हजार ३ सय २४ वटा फर्छ्यौट गरेको प्रवक्ता पन्थीले जानकारी दिए ।

यो कुल मुद्दाको २९.८ प्रतिशत हो । अघिल्ला वर्षहरुकै धेरै मुद्दा बाँकी रहेकाले फर्छ्यौट दर कम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्