नक्कली रक्सी बेच्ने कांग्रेसका सांसद यस्तो गोरख धन्धामा,ओली सरकारले यसरी पार्दैछ उनलाई फन्दामा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका एक सांसदको गैरकानुनी धन्दा पर्दाफास भएको छ ।
नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले संचालन गर्दै आएको रक्सी भट्टीमा आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेसँगै यो विषय गुपचुप राख्न र कारबाहीबाट बच्न ती माननीय शक्तिकेन्द्रहरु धाउनमा व्यस्त छन् ।

कांग्रेसका सर्लाही ४ (क) का सांसद वीरेन्द्रप्रसाद सिंह हुन् । यसरी गैरकानुनी धन्दामा संलग्न गरेको र आफ्ना गैरकानुनी धन्दा बाहिर ल्याउनबाट रोक्न शक्तिकेन्द्र धाउने गरेको छ ।

धनकौला गाउँपालिका–२ मा सञ्चालन गर्दै आएको अभिनव डिस्टिलरीबाट उत्पादन हुने रक्सीमा प्रयोग हुने गरेको कच्चा पदार्थमा कमसल नक्कली रहेको र त्यहाँ नक्कली स्टिकर टाँसेर व्यापार व्यवसाय गर्दै आएको विषयमा उजुरी परेसँगै आन्तरिक राजस्व विभागले छानबिन गरेको थियो ।

छानबिन पछाडि उनको सो कम्पनीमा राजस्व विभागले सिलबन्दी गरेको छ । उनले गुणस्तरीय चिह्नको समेत नक्कली राखेको स्रोतले जनाएको छ । जनप्रतिनिधिले नै सञ्चालन गर्दै आएको रक्सी भट्ठीबाट उत्पादन हुने रक्सीका कारण सथानीयको स्वास्थ्यसँग खेलवाड भइरहेको व्यापाक गुनासोपछि राजस्वले छापा मारेको थियो ।

राजस्वले उनको कम्पनीमा छापा मारेको दुई साता बितिसक्दासमेत यो घटनालाई गुपचुप राख्न खोजिएको थियो । सर्लाहीका प्रतिनिधि सभाका सदस्य सिंहका दाजु त्यहीका पार्टी जिल्ला उपाध्यक्ष हुन् । उनी यसअगाडि पनि विवादमा मुछिएका व्यक्ति हुन् ।

सार्वजनिक जग्गाका सिसौ कटौती गरेको अभियोगमा ११ महिना जेल बसेर आएका व्यक्ति उनीविरुद्ध सर्वोच्चमा समेत मुद्दा परेको छ । रवि कन्सट्रक्सन कम्पनी चलाउँदै आएका उनी ‘क’ श्रेणीका ठेकेदार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...